ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

जथाभावी बै‍क शाखा नखोलः गभर्नर

काठमाडौँ, असोज ३१- नेपाल राष्ट्र बैङ्कका गभर्नर विजयनाथ भट्टराईले नेपालका वाणिज्य बैङ्कहरूलाई अनावश्यकरूपमा शाखा नखोल्न र वित्तीय अनुशासन कायम गर्न निर्देशन दिएका छन्। द बैङ्कर मासिक पत्रिकाको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित "नेपालको बैंकिङ क्षेत्रका चुनौतीहरू" विषयक अन्तरक्रियामा भट्टराईले बैङ्कहरूले धमाधम खोलिरहेका शाखाको अनुगमन नेपाल राष्ट्र बैङ्कले गर्ने बताउनुभयो। धमाधम शाखा खोलेर मात्र हुँदैन, तिनीहरूको सञ्चालन, व्यवस्थापन एवं आर्थिक अवस्था के छ त्यसमा पनि ध्यान दिनु जरुरी छ भन्दै गभर्नर भट्टराईले यसरी विस्तार गरिएका शाखा ग्रामीण क्षेत्र एवं पिछडिएका नागरिकप्रति लक्षित हुनुपर्नेमा जोड दिए।

नोट अभावको विषय नेपाल राष्ट्र बैङ्कको असक्षमताका कारणले नभई छपाइमा लाग्ने समयको प्राविधिक कारणले ढिलाइमात्र भएको पनि उनको जिकिर थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by