ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 16, 2009

सुजातालाइ उपप्रधानमन्त्री बनाउनु लोकतन्त्रको उपहासः यादव




'दुई ठाउँबाट हार्ने प्रधानमन्त्री, नराम्ररी हार्ने उपप्रधानमन्त्री अनि जमानत जफ्त भएकाहरु मन्त्री हुनुभन्दा ठूलो लोकतन्त्रको उपहास के होला ?' 
अबधेशकुमार झा/इनरुवा, २०६६ आश्विन ३० - मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सुजाता कोइरालालाइ उपप्रधानमन्त्री बनाएर जनमत र लोकतन्त्रको उपहास भएको बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन शुक्रबार
सुनसरी पुगेका अध्यक्ष यादवले सदरमुकाम इनरुवामा सञ्चारकर्मीसित कुरा गर्दे नेपालमा सत्ताको वागडोर जनमत नभएकाहरुको हातमा गएकाले मुलुक गम्भीर खाडलमा फस्दै गएको बताए । 'दुई ठाउँबाट हार्ने प्रधानमन्त्री, नराम्ररी हार्ने उपप्रधानमन्त्री अनि जमानत जफ्त भएकाहरु मन्त्री हुनुभन्दा ठूलो लोकतन्त्रको उपहास के होला ?' उनले प्रश्न गरे । 


गिरिजाप्रसादको बुढेसकालको पुत्रीमोह र माधवकुमार नेपालको सतामोहको मोर्चाले भ्रष्टहरुको जमात खडा गरि वर्तमान सरकार निर्माण गरेको यादवको आरोप थियो । 


वर्तमान सरकार आफ्नै रबैयाले असफल भइसकेको बताउँदै उनले तत्काल राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औल्याए । वर्तमान सरकारको लापरवाहीका कारण समयमै संविधान बन्नेमा शंका उब्जिएको भन्दै उनले दाबी गरे । उनले ढोका थुनेर बजेट पास गराउने कार्य नेपालमा सम्भव नरहेको तर्क गर्दे त्यो तानाशाही नेपाली जनताले नस्वीकार्ने बताए । फोरममा रहेका अवसरवादी, गद्धार र फटाहाहरु फुटेर सरकारमा गएको आरोप लगाउदै उनले ती अवसरवादीलाई मधेशका जनताले अब नस्वीकार्ने दाबी गरे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by