ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

'भारतसँग झुक्ने परम्परामा सुधार आएन'



भक्तपुर , २०६६ आश्विन ३१ -

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार टिकाउन भारतसँग झुक्ने परम्परामा सुधार आउन नसकेको बताएका छन् । युवा खेलकुद समूह भक्तपुरले शनिबार आयोजना गरेको राष्ट्रव्यापी आमन्त्रण भलिबल प्रतियोगिताको समापनमा बोल्दै उनले सरकार टिकाउन भारतसँग झुक्दै आउने बर्षौ देखिको परम्परा अझै हट्न नसेकेको बताए । 

मुलुक जटिल अबस्थामा रहेको बेला पनि देशको समस्या प्रति चिन्ता नगरी प्रमुख दलहरुले सत्ताको लागि लडाई गरिरहेको आरोप लगाए । नेपालको चौतर्फी रुपमा भारतले सीमा अतिक्रमा गर्दा पनि सरकार मौन रहनु यसको उदाहरण भएको उनको भनाइ थियो । युवा जमातले भारत संग झुक्ने परम्परा तोड्दै राष्ट्रियताको आन्दोलन थाल्नु पर्नेमा उनले जोड दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by