ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

माओवादी अध्यक्ष र चिनीयाँ राष्ट्रपतिबीच छलफल

काठमाडौं, असोज ३१(नागरिक)- 

साताव्यापी चीन भ्रमणमा रहेको प्रमुख प्रतिपक्ष एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको टोली र चीनका राष्ट्रपति हु जिन्ताओबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा माओवादीले नेपालमा आफू सबैभन्दा ठूलो शक्तिका रुपमा उदाएको र नेपालमा माओवादीको सत्ता नै चीनको हितमा हुने जिकिर गरेको थियो। चिनीया कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका जिन्ताओसँग अध्यक्ष दाहालको नेतृत्वमा रहेको टोलीले वार्ता गरेको हो। गत वर्ष चीनमा आयोजित ओलम्पिक खेलको समापनमा जिन्ताओ र दाहालबीचको भेटपछि यो दोस्रो भेटघाट हो। दाहाल प्रधानमन्त्री बहाल रहेकै बेला तय भएको चीन भ्रमण उनको नेतृत्व सरकार ढल्नुअघि मात्र स्थगित भएको थियो।

माओवादी स्रोतका अनुसार भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सुरक्षा, पार्टीगत सम्बन्ध र सिंगो दक्षिण एशियाली राजनीतिका विषयमा छलफल भएको थियो। भेटमा दुई पार्टी र दुई देशबीचको सम्बन्ध विकासका विषयका साथै 'बदलिएको विश्व परिवेशमा दक्षिण एशियाली राजनीति र त्यससँग जोडिएको दुई देशको सुरक्षा चासो'का विषयमा पनि दुई कम्युनिष्ट नेताबीच कुराकानी भएको माओवादीका एक उच्च नेताले जनाकारी दिए।

उच्च तहको चिनीयाँ नेतृत्व टोलीसँगको भेटघाटका लागि माओवादी अध्यक्ष दाहालसहितको टोली चीनको हुनान प्रान्त पुगेको थियो।

अध्यक्ष दाहालले राष्ट्रपति जिन्ताओलाई नेपालको समसामयिक राजनीतिक अवस्था बारे जानकारी गराएका थिए। भेटमा सहभागी माओवादी नेताका अनुसार अध्यक्ष दाहालले चीनका लागि नेपालमा सबैभन्दा मित्र शक्ति माओवादी नै हुने विश्वास दिलाउने प्रयास गरेका थिए। राष्ट्रपतिसँगै चीनका प्रधानमन्त्रीलगायतका उच्च सरकारी अधिकारी तथा माओवादीका उपाध्यक्ष मोहन बैद्य र विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि सहभागी थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by