ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 16, 2009

बहुमत देखाउन शान्ति मन्त्रीद्वारा माओवादीलाई चेतावानी


लमजुङ, २०६६ आश्विन ३० - शान्ति मन्त्री रकम चेम्जोङले माओवादीलाई सरकारमा आउन चाहे बुहमत देखाउन चुनौती दिएका छन् । जिल्ला प्रशासन कार्यालयको उद्घाटन गर्न यहाँ आइपुगेका मन्त्री चेम्जोङले माओवादीले सबै ठाउमा अबरोध गर्न खोजेको उल्लेख गर्दै सरकारमा आउन बहुमत चाहिने बताएका हुन् । 'माओवादीले पार्टीगत स्वार्थका लागि अप्रजातान्त्रिक अभ्यास गरिहेका छन््' उनले भने, 'आफू सरकारमा छैन भनेर शान्ति प्रक्रियालाई बिथोल्न पाइदैन, ठूलो दलको नाताले पनि लोकतान्त्रिक पद्धतिबाट चल्न सिक्नुपर्छ ।'उनले माओवादीलाई राष्ट्रपतिको बिरुद्ध महाअभियोग प्रस्ताव ल्याउन र सरकार चलाउनका लागि वहुमत देखाउन भने । 'सधै विरोध गरेर अवरोध खडा गर्ने हैन, बरु सक्छ भने राष्ट्रपतिको बिरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनुस् र सरकारमा जान चाहन्छ भने बहुमत देखाउनुस्' उनले भने । 

साथै उनले माओवादी सेनाका शिविरमा रहेका चार हजार अयोग्य लडाकुलाई दुई महिनाभित्र पुनस्थापना गरिनेसमेत बताए । उनले मन्त्रालयले समाजमा पुनःस्थापनाका लागी नयाँ प्याकेज ल्याउन लागेका जानकारी दिए । 

साथै सशस्त द्वन्द्वकालमा ध्वस्त भएका भौतिक संरचनाहरु क्रमश पुन निर्माण गर्दै जाने समेत बताए । जिल्ला प्रशासन कार्यालय लमजुङको भवन पनि पुननिर्माणकै क्रममा शन्ति मन्त्रालयले निर्माण गरेको हो । भवन करिब १ करोड ३२ लाख रुपैयाको लागनीमा पुरा भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए । हाल प्रयोगमा रहेको पुरानो भवन भने शसस्त्र प्रहरी राख्न प्रयोग गरिने बताइएको छ । 

त्यसअघि मन्त्री चेम्जोङलाई माओबादी कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए । बेसीशहरको नारायणस्थान चोकमा केहीछिन अवरोध गर्दै कालोझण्डा प्रदर्शन गर्नुका साथै उनीहरुले विरोधसभा समेत गरेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by