ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 13, 2009

कैलाशपुर बाँधको ढोका खोल्न भारत सरकारसँग कुरा गर्ने : प्रधानमन्त्री

दिलबहादुर छत्याल, धनगढी असोज २७- प्रधानमन्त्री माधवकुमार नेपालले कैलाली डुवानमा पर्नुको मुख्य कारकका रुपमा रहेको भारतको कैलाशपुरमा रहेको बाँध सम्बन्धमा भारत सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाएका छन्। बाढी प्रभावितको अवस्था बुझ्न सुदूर र मध्यपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री नेपालसँग स्थानीयले कैलाली डुवानमा पर्नुको कारण बताएपछि नेपालले यो भनाइ राखेका थिए।  कर्मचारी, राजनीतिक दलका कार्यकर्तालगायत् उपस्थित नागरिक समाजका प्रतिनिधिलाई संक्षिप्त संबोधन गर्दै प्रधानमन्त्री नेपालले कैलालीको बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि स्थायी सेल्टर खोज्नुपर्ने, भारतले बनाएको बाँधको ढोका खोल्नका लागि भारत सरकारसँग कुरा गर्नेलगायतका दीर्घकालीनरुपमा समस्या समाधानका उपायका लागि सरकारले छलफल अगाडि बढाउने बताएका थिए।बाढी प्रभावित क्षेत्रमा भएको क्षति, उद्धार र राहातको अनुगमन गर्न सुदूर र मध्यपश्चिमको भ्रमणमा आएको उनले जानकारी दिएका थिए। प्रधानमन्त्री नेपालले पीडितलाई राहत वितरणमा कुनै ढिलाई नगर्न पनि कर्मचारीलाई निर्देशन दिएका थिए। सरकारले बाढीपीडितका लागि छुट्ट्याएको १५ करोडले नपुगेमा आवश्यक थप रकम उपलब्ध गराइने उनले जानकारी दिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले कैलालीमा १२ सय ६६ परिवार विस्थापित र ३ हजार ९ सय ६४ पीडित रहेको, १ जनाको बाढीले बगाएर मृत्यु भएको जानकारी गराएका थिए। विस्थापितलाई ३ हप्ता र पीडितलाई २ हप्ताका लागि राहत दिनुपर्ने उनले जानकारी दिएका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by