ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 6, 2009

पूर्व विटि्रस सैनिकका लागि नेपालमा कार्यालय

काठमाडौ, २०६६ आश्विन १९ -
वेलायत सरकारले पूर्व विटि्रस गोरखा सैनिकहरु लागि सोमबारदेखि काठमाडौमा व्यवस्थापन कार्यालयको स्थापना गरेको छ । सोमबार बेलायती राजदूतावासद्वारा जारी पे्रस विज्ञप्तीमा उक्त कुरा उल्लेख गरेकेा छ । कार्यालयले पूर्व सैनिकलाई वेलायत वसोबासका लागि सहयोग गर्ने छ । बेलायत जान इच्छुकका लागि सूचना उपलव्ध गराउने विज्ञप्तीमा जनाइएको छ ।
भूतपूर्व गोरखा सैनिकका अध्यक्ष भिमबहादुर गुरुङले यस व्यवस्थापन केन्द्रले पूर्व गोरखा सैनिकका परिवारलाई वेलायत भिसा प्रक्रियामा सजिलो भएको बताए । उनले गोरखा सैनिक परिवारका लागि गरिएको निर्णय स्वागत योग्य भएको  प्रतिक्रिया दिए । उक्त कार्यालय वेलायत सरकार  र नेपालस्थित गृहमन्त्रालय अन्तर्गत  सचिवको मातहतमा रहने छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by