ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 8, 2009

हैन प्रहरी किन यति अराजक?

देवेन्द्र बस्नेत दाङ २२ असोज
दाङका एक जना प्रहरी हवाल्दारले एक महिला र एक जना बालकलाई निर्घात कुटपिट गरेका छन्। दाङको प्रहरी बोर्डिङमा कार्यरत प्रहरी हवल्दार कमल रावतले घोराही नगरपालिका वडा नम्बर २ गुलरीया निवासी २६ वर्षिया गीता चौधरीलाई बुधबार राती घर भित्रै पसी कुटपिट गरेको पीडित चौधरीले बताइन। त्यसैगरी प्रहरी हवल्दार केसीले गीताका ६ वर्षिय छोरा नितेस चौधरीलाई पनि कुटपिट गरेको चौधरीले जानकारी दिइन।
राती ९ वजेतिर हवल्दार केसीले ढोका खोल्न भनेको र नखोलेपछि ढोका फोडेर घर भित्र पसी चौधरीका आमा छोरा लाई कुटपिट गरेको पीडितले बताइन। घटना भए लगत्तै स्थानीयवासीले प्रहरी हवल्दार केसीलाई पक्राउ गरी प्रहरीमा बुझाएका थिए। रावतलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by