ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 6, 2009

माओवादीले जे बोल्छ सो गर्छः डा. भट्टराई


यज्ञमूर्ति तिमिल्सिना/पाल्पा
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बावुराम भट्टराईले बैशाख २० गते राष्ट्रपतिले चालेको असवैंधानिक कदम नै माओवादीलाई आन्दोलनतर्फ धकेल्नुको मुख्य कारण भएको बताएका छन्।  पाल्पाको तानसेनमा सोमबार क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टराईले भने– संविधान सभाको निर्वाचनको परिणामले त माओवादी ड्राइभर, कांग्रेस कन्डक्टर र एमाले खलासी भएर एउटा गाडीलाई अगाडि बढाउने म्यान्डेट दिएको भए पनि खलासीले गाडी चलाउदा के हुन्छ भन्ने स्वयं नेपाली जनताले बुझिसकेकाले पनि बर्तमान सरकारको आयु धेरै नभएको समेत बताए।

पत्रकारहरूको प्रश्नको जवाफ दिदै उपाध्यक्ष भट्टराईले भने– हामी एउटा हातमा सहमती र अर्को हातमा आन्दोलनलाई लिएका छौ, यदि तिहार अघि राष्ट्रपतिको कदमबारे छलफल नभए निर्णायक आन्दोलन हुन्छ।
संविधान लेखन प्रक्रिया प्रति माओवादी जिम्मेवार रहेको बताउदै उनले भने माओवादीले जे बोल्छ सो गर्छ त्यसैले जनताले संविधान निर्माणको लागि प्रमुख जिम्मेवारी माओवादीलाई दिएको छ त्यसैले समयमा संविधान निर्माण गर्नका लागि माओवादी प्रतिबद्ध छ।
विदेशी हस्तक्षेपको अन्त्य गरी देशमा नागरिक सर्वोच्चता स्थापना गर्नु नै माओवादीको प्रमुख एजेण्डा रहेको उपाध्यक्ष भट्टराईको भनाइ थियो।
आइतवार साँझ पाल्पाको तानसेन आइपुगेका उपाध्यक्ष डा. भट्टराईले पाल्पाको तानसेन आफूलाई सबैभन्दा मनपर्ने स्थान रहेको बताउदै नेपालकै पुरानो धवल पुस्तकालयमा केही दिन बसेर पुराना तथा महत्वपूर्ण पुस्तकहरूको अध्ययन गर्ने सोच रहेको बताए।
उनले पार्टीको जनसम्पर्क र जन सम्वन्ध अभियान अन्तरगत आफू देशदौडाहामा उत्रेको बताए। उनी यहाँबाट बाग्लुंग गएका छन्।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by