ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 10, 2009

संकट धान्न नसकिने : प्रधानमन्त्री


* 'मंसिरपछि मुलुक ठप्प हुन सक्छ'
* 'ढुंगाना र तुलाधरलाई भनेको छु'
* 'कर्मचारीले असहयोग गरे
मनोज अधिकारी, पोखरा असोज २४ -प्रधानमन्त्री माधवकुमार नेपालले विद्यमान राजनीतिक गतिरोध मुलुकले धेरै समय धान्न नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अहिलेकै गतिरोधको अवस्थाले मुलुकको जारी शान्ति प्रक्रिया र संविधान निर्माण धरापमा पर्न सक्ने उनले चेतावनी दिएका छन्। अहिलेको अवस्थाले शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण धरापमा पर्ने हो कि भन्ने चिन्ता पर्न थालेको छ' शनिबार पोखरास्थित राष्ट्रबैंक गेष्ट हाउसमा सञ्चारकर्मीसँग प्रधानमन्त्रीले भने।


उनले माओवादी हठका कारण सृजित अहिलेको अवस्था तत्काल अन्त्य नभए मुलुक मंसिरपछि चल्नै नसक्ने र सबै संयन्त्र ठप्प हुने चेतावनी समेत दिए।



जारी शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण लगायत गम्भीर मुद्दा मुलुकका मुख्य चुनौती रहेको उल्लेख गर्दै नेपालले राजनीतिक सहमतिबीना यसको समाधान गर्न नसकिने दोहोर्‍याए। माओवादी हठका कारण अहिलेको राजनीतिक गतिरोध अन्त्य हुन नसकेको उनले बताए। माओवादी हठलाई त्यागेर गम्भीर सवालमा जिम्मेवार बनाउने पहलका लागि आफुले नागरिक समाजका केही व्यक्तिलाई आग्रह गरेको प्रधानमन्त्री नेपालले जानकारी दिए।



'मुलुकको अवस्था बिग्रन लागेपछि मैले माओवादीलाई जिम्मेवार बनाउने गरी बिगतका जस्तै भूमिका खेल्न दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरलाई आग्रह गरेको छु' नेपालले भने- 'मुलुक अब धेरै समय यसरी चल्न सक्दैन तपाईहरुले बिगतका जस्तै भूमिका खेलिदिनु पर्‍यो भनेर भनेको छु।'

प्रधानमन्त्रीले माओवादीसँग भईरहेको सहमतिका प्रयासबाट आफु अझै आशावादी रहेको समेत बताए। चियापानका क्रममा हालै भएका वार्तालापले दलहरुलाई सहमतिको नजिक पुर्‍याएको भए पनि मौसममा आए जस्तै उतारचढाव राजनीतिमा पनि आएको उनले बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by