ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 7, 2009

प्रधानमन्त्री र मन्त्रीहरु रिङरोड भ्रमणमा

काठमाडौं, असोज २१ (नागरिक) - 
प्रधानमन्त्री माधवकुमार नेपाल केही मन्त्रीका साथ राजधानी भ्रमणमा निस्केका छन्। मन्त्रिपरिषद्‌को बैठक बुधबार सकिनासाथ जनतासँग प्रत्यक्ष सरोकारका विषयमा छलफल गर्ने भन्दै प्रधानमन्त्री नेपाल पर्यटक बस चढेर मन्त्रीहरुसँगै सिंहदरबारबाट बाहिरिएका थिए।  प्रधानमन्त्री र मन्त्रीहरु आफ्ना सुरक्षाकर्मीलाई सिंहदरबारमै छोडेर उपत्यकाको अवलोकन भ्रमणमा निस्केका हुन्। पर्यटक बसको अगाडि र पछाडि नेपाल प्रहरीका दुई भ्यानले स्कर्टिङ गरेका छन्।

राजधानीको फोहोर, सडक र ट्राफिक जामसहितका समस्या मन्त्रीहरुलाई प्रत्यक्ष जानकारी गराउन भ्रमणमा निस्केको प्रधानमन्त्री नेपालले नागरिकसँग बताए। "फोहोर, बाटो, ट्राफिकका विषयमा धेरै टीका-टिप्पणी भएका छन्। मन्त्रीहरुले पनि त्यो महसुस गर्नुपर्छ," प्रधानमन्त्री नेपालले नागरिकसँग भने, "विदेशीले आएर हेर्छन्। के के भन्दा हुन्। मैले त्यो हेर्नुपर्छ भनेर मन्त्रीहरुसँगै निस्केको हुँ।"

मन्त्रीहरु चढेको बस बुधबार साँझ रिङरोड वरपर घुमिरहेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by