ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 4, 2009

मध्य तथा सुदूर पश्चिममा मोबाइल अवरुद्ध

प्रियास्मृती ढकाल बाँके १८ असोज
आइतबार बिहानैदेखि मध्य तथा सुदूरपश्चिमाञ्चलको मोवाइल सेवा अवरुद्ध भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको कोहलपुर र दाङ्गको लमही सडकखण्डकोबीचमा अप्टिकल फाइबर काटिका कारण मोवाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जका निमित्त प्रमुख नामाकर न्यौपानेले जानकारी दिए। अप्टिकल फाईबर काटिएका कारण प्रिपेड, पोष्टपेड, स्काई, सि.डि.एम.ए सेवा ठप्प भएको छ। जसका कारण यस क्षेत्रका करिब ४ लाख सेवाग्राही मर्कामा परेका छन ।
पटक–पटक सो क्षेत्रमा अप्टिकल फाइबर काटिदा सेवाग्राहीहरुले झनै सास्ती खेप्नु परेको छ। मर्मतका लागि एक टोली त्यसतर्फ गइसकेकाले अपरान्हदेखि मोबाइल सेवा सुचारु हुने पनि टेलिकमले जनाएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by