ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 9, 2009

माओवादी सभासद थुनेर भएपनि बजेट पास गरिन्छ - मन्त्री श्रेष्ठ


रमेश खतिवडा,(मैनापोखरी)दोलखा असोज २३- सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठले जंगी कानुन लगाई माओवादी सभासद थुनेर भएपनि सरकारले बजेट पास गराई छाड्ने बताएका छन्। मुलुक ठप्प पारेर माओवादीले बजेट पास गर्न नदिए सबैभन्दा पहिला अध्यक्ष पुष्पकमल दहाल चढ्दै आएको सरकारी सुविधाको गाडी खोसिने उनले बताए। नेकपा एमाले दोलखा क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनको आज दोलखाको मैनापोखरीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले माओवादीले संसदबाट बजेट पास गर्न नदिए पनि उनका
सांसदहरुलाई अमेरिका घुमाउन लैजान अध्यक्षले भर्खरै सरकार समक्ष सिफारिस गरेको खुलासा समेत गरे। "विहिबार बसेको मन्त्रीपरिषद बैठकले अध्यक्षको प्रस्तावलाई पास गरिदिएको छ" उनले भने। माओवादीको दोहोरो चरित्र उदाङ्गो पार्न सरकारले उक्त प्रस्ताव पास गरेको मन्त्री श्रेष्ठको भनाई थियो।


सरकारले शिविरमा रहेका लडाकुका लागि दिएको करोडौं रुपैया माओवादी पार्टीले घोटाला गरेको र लडाकुलाई दिने रकम नदिएको दावी गर्दै उनले अवको छ महिनामा शिवीरहरुमा विद्रोह हुने दावी गरे।

कार्यक्रममा बोल्दै एमाले पोलिटव्यूरो सदस्य पशुपति चौलागाईंले संविधान पनि बनाउन नदिने, बजेट पनि पास हुन नदिने माओवादीको नियत ठिक नभएको बताए। अधिवेशनमा दोलखा स्थित क्षेत्र नं. १ का २८ गाविसका दुईसय १० जना प्रतिनिधि सहभागी छन्। अधिवेशन शनिवारसम्म चल्ने छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by