ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 6, 2009

ज्वाला सिंहका केन्द्रीय सदस्य पक्राउ


विजेता सिंह/जनकपुर, २० असोज
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह)का केन्द्रिय सदस्य तुलसी भनिने साखीचन्द्र यादवलाई मंगलबार बिहान सशस्त्र प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ। महोत्तरी जिल्लाको एकडारा वार्ड न.८ मा रहेको यादवको आफ्नै घरबाट पक्राउ गरेको सशस्त्र प्रहरीका नायब निरीक्षक जनकबहादुर बोहराले जानकारी दिए।  चन्दा आतंक र धम्कीको आरोपमा पक्राउ गरेको यादवको साथबाट प्रहरीले मोर्चाको आवश्यक दस्तावेजहरु बरामद गरेको छ।

यसअघि पनि २०६४/०९/१७ मा प्रहरीले यादवलाई एक थान गोली र नलकटुवा सहित पक्राउ गरेका थिए। सो क्रममा वार्ताको वातावरण निर्माण गर्नको लागि यादवलाई २०६५/०९/२२ गते जलेश्वर कारागारबाट रिहा गरेको थियो। सो समयदेखि नै यादव भुमिगत भएका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by