ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 6, 2009

हङकङ फेरि नेपाली कामदारका लागि खुला हुने

हङकङ, असोज १९ (एजेन्सी)- सरकारले आगामी जनवदेखि नेपालीलाई त्यहाँ जान खुल्ला गर्ने भएको हो। सरका अधिका र सयुक्त राष्ट्रसंघीय महिला विकास कोषका प्रतिनिधिले हालै गरेको भ्रमणमा त्यहाँका अधिकारीले जनवदेखि नेपाली कामदारलाई पुन खुल्ला गर्ने संकेत गरेका हुन्। कोषको एक टोलीले हङकङ पुन खुल्ला गर्न त्यहाँको भ्रमण गरेको हो। हङकङले सन् २००५ देखि कामका लागि हङकङ जान प्रतिवन्ध लगाएको छ। हङकङ नेपाली महिलाको लागि आर्कषक रोजगार गन्तव्य मानिन्छ।
हङकङ सरकारले माओवादी द्वन्द्व ,नेपालीहरु अपराधिक क्रियाकलापमा संलग्नता, लागु पदार्थ ओसारपसार र बढी बसेकोभन्दै नेपालीलाई रोक लगाएको थियो। 'हामीले नेपाललाई लगाएको प्रतिबन्ध खुल्ला गर्न आग्रह गर्‍यौं,' श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले नागरिकसँग भने, 'उनीहरु सकारात्मक छन्। उनका अनुसार हङकङले प्रवेशाज्ञा परिवर्तन गर्दा नेपाली कामदार खुल्ला गर्न सकारात्मक जवाफ दिएका छन्। हङकङले प्रत्येक ६/ ६ महिनामा प्रवेशाज्ञा नीतिमा परिर्वतन गर्छ। 'उनीहरुले अझैपनि नेपाली अपराधिक क्रियाकलापमा संलग्न रहेको र तालिम प्राप्त नभएको प्रति गुनासो गरेका छन्,' उनले भने। हङकङमा अधिकांश घरेलु कामदार रहेका छन, त्यसमध्ये पनि ९० प्रतिशत महिला कार्यरत छन्। घरेलु कामका लागि गएका कामदारमा भाषागत ज्ञान नभएको र सामान्य घभत्रको काम गर्न समेत नजानेको पाइएको उनीहरुले गुनासो गरेका छन्। 'सामान्य भान्छाको काम समेत गर्न नसक्ने महिलाहरु आएको भनेर गुनासो गरेका छन्,' भट्टराईले भने।

उनले हङकङका अधिकाले उठाएको सबै मुद्दालाई संबोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको जानका दिए। 'हामीले नयाँ वैदेशिक रोजगार ऐन आएकोले तालिम प्राप्त कामदार मात्र जान पाउने जानकारी गरायौं,' उनले भने, 'सरकारको अनुगमनसमेत बलियो रहेकोले कुनै समस्या नहुने दोहोर्‍यायौं।'

मन्त्रालय स्रोतका अनुसार हङकङले नेपालबाट कामदार नलैजानुमा पाँच कारण रहेको पाइएको छ। नेपालको प्रशासनिक अवस्था कमजोर रहेकोले अवैधानिक तवरले नेपाली आउनसक्ने, हङकङ गएर शरणार्थी बनेर बस्ने , दुई देशबीच कुनै कुटनीतिक सम्बन्ध नहुनु लगायतका कारणलाई समेत मुख्य मानिएको छ। नेपाल र हङकङको द्विपक्षीय व्यापारिक सम्बन्धसमेत न्यून छ। मन्त्रालयका सचिव बाबुराम आर्चायले हङकङ कामदार खुलाउन सबै प्रयास गरिरहेको जानका दिए। उनले त्यहाँ रहेको नेपाली महावाणिज्य दूतलाई हङकङ कामदार खुलाउन पहल गरिरहन निर्देशन दिइएको बताए। टोलीले हङकङको श्रम विभाग, सांसदहरु सँग नेपालीलाई कामदार खुल्ला गर्न छलफल गरेको थियो। हङकङका सांसदले नेपालको मुद्दाको बारेमा संसदीय सुनुवाईमा राख्ने प्रतिबद्धता गरेका भट्टराईले जानका दिए।

हङकङमा १८ हजार हङकङ आइडी भएका र घरेलु कामदार कार्यरत रहेका छन्। त्यहाँमा कार्यरत नेपालीले मासिक ३० हजार पाउँछन्

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by