ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 6, 2009

एउटै कोठामा पाँचवटा कक्षा



उपेन्द्र लामिछाने, वीरगन्ज असोज २० - बाराको  टाँगियाबस्तीस्थित एक विद्यालयले  एउटै कोठामा  ५ वटा कक्षा सञ्चालन गर्दै आएको छ। श्री शान्ति प्राथमिक विद्यालयमा  शिशु कक्षादेखि ४ सम्मका विद्यार्थी एउटै कोठामा जम्मा हुँदा पढाई कम 'कोलाहल' ज्यादा हुने गरेको छ। जस्ताको छाना भएको लामो टहरोजस्तो कोठामा ४ वटा कक्षाका ३ सयभन्दा बढी विद्यार्थी भिन्नाभिन्नै कालोपाटीमार्फत् पढ्दै आएका छन्। । पाँच जना शिक्षिका-शिक्षकले एकै पटक  एउटै कोठामा पढाउँदा सबै विद्यार्थीको पढाई प्रभावित  हुने
गरेको छ। कोठामा सबैभन्दा अगाडि कक्षा ४, त्यसपछि क्रमश: २, ३, १ र अन्तमा शिशु कक्षाका विद्यार्थी बस्छन्। 


'कतैबाट पनि आर्थिक सहयोग नपाएकाले एउटै कोठामा सबै विद्यार्थीलाई राखेर पढाउन बाध्य भयौं ', प्रधानाध्यापक सुकराम घिसिङ भन्छन् – 'यसरी पढाउँदा विद्यार्थीसँगै शिक्षक–शिक्षिकासमेतलाई समस्या पर्ने गरेको छ।' सहयोगका लागि जिल्ला विकास समिति, शिक्षा कार्यलय तथा  डुमरवाना गाविसमा डेलिगेशन जाँदा पनि केही सुनुवाइ नभएको उनले सुनाए।  

सबै विद्यार्थी एउटै कोठामा जम्मा हुँदा हल्ला धेरै हुने उनले सुनाए।  शिक्षिका-शिक्षकले चिच्याउँदै पढाउनुपर्ने तथा हल्लाका कारण पढाएको कुरा विद्यार्थीले नबुझ्ने गरेको प्रअ बताउँछन्।  । विद्यालयमा बढीजसो सुकुम्बासी बस्तीका तामाङ बालबालिका अध्ययन गर्ने गर्छन्।  'हल्लाले गर्दा पढाएको केही पनि बुझिँदैन ', कक्षा ४ का वीरबहादुर घलान भन्छन् –  'कान बन्द गरेर सरले पढाएको सुनिँदैन, बन्द नगरे हल्लाले बस्न सकिँदैन।' कक्षामा विद्यालयले नै  बाँसको भए पनि बार लगाइदिए केही राहत हुने उनको सुझाव छ।' 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by