ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 8, 2009

सस्तो भयो अमेरिकी डलर

काठमाडौं, असोज २२ (नागरिक)-
दसैंको लामो विदा पछि अमेरिकी डलर सस्तो हुन थालेको छ। भारतीय अर्थतन्त्र र सेयर बजारमा आएको सुधारले डलर सस्तो भएको हो। काठमाडौको बजारमा मंगलवार भन्दा बुधवार डलरको मूल्य ४८ पैसा घटेको छ। वुधवार प्रति डलर बिक्री दर ७५ रुपैयाँ ०५ पैसामा झरेको छ। युरो पनि सस्तो भएको छ। पाउण्ड स्टर्लिङ समेत घटेको छ। भारत अर्थतन्त्र बलियो भै भारु अधिमूल्यन भएकोले नेपाली रुपैयाँको भाउ बढेको हो। भारुसँग नेपालको स्थिर विनिमय दर छ। उसको मुद्रा बलियो हुँदा नेपाली रुपैयाँ स्वत बलियो हुने गरेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by