ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 4, 2009

सुन मूल्य घट्यो

काठमाडौ, २०६६ आश्विन १८ - यस सताको अन्तिमदिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्य यसअघिको मूल्यभन्दा तोलामा ४ सय रुपैयाँले घटेको छ । दसंैअघि असोज ८ गते स्थानीय बजारमा प्रतितोला सुनको मूल्य २९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि स्थानीय बजारमा सुनको मूल्य निर्धारण भएको थिएन् । दसंैपछि कारोवार सुरु भएको पहिलो दिन शुक्रबार प्रतितोला सुनको मूल्य २९ हजार ३ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ । 
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेलो धातुको मूल्यमा आएको गिरावट र अमेरिकी डलर भारतीय रुपैयाका दाजोमा कमजोर भएकाले स्थानीय बजारमा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । 
असोज ८ गते प्रतिआन्उस सुनको मूल्य १ हजार १० अमेरिकी डलर थियो । शुक्रबार घटेर प्रतिआउन्स मूल्य १ हजार १ डलर कायम भएको छ । 'दसै बिदामा स्थानीय बजारमा सुनको मूल्य निर्धारण भएन,' शाक्य भन्छन्, 'तर अन्तर्राष्ट्रिय बजारमा यस अवधिमा सुनको मूल्यमा उच्चदरले घटबढ भएको थियो ।' 
दसंै अगाडि असोजको पहिलो साता सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको थियो । असोज १ गते प्रतितोला सनुको मूल्य २९ हजार ८ सय ६० -प्रतिदश ग्राम २५ हजार ६ सय) रुपैयाँ पुगेर नयाँ रेकर्ड कामय गरेको थियो । 
यता सुन व्यवसायको सिजन मानिने दसैंमा आकासिएको मूल्य र नोट अभावले आशा गरिएन अनुसार नभएको व्यवसायी बताउँछन् । 'दसंैअघि उपभोक्तासँग पर्याप्त नोट नहुँदा धेरैले सुन किनेनन्,' शाक्य थप्छन्, 'अर्कोतिर पहेलो धातुको मूल्य पनि उच्च बिन्दुमा पुगेकाले माग पनि बढेन ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by