ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 8, 2009

गतिरोध अन्त्य नहुनुमा तीन ठूला दल मुख्य दोषिः गच्छदार

संजीव चापागाई झापा २२ असोज
उपप्रधान एवम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार ढलेर आफ्नो नेतृत्वमा सरकार बनाउने भन्ने कुरा माओवादीको दीवा सपना मात्रै रहेको बताएका छन । झापाको भद्रपुरमा बिहीबार आयोजिजत पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार ढल्ने र माओवादी नेतृत्वमा सरकार बन्ने भन्ने दुबै कुरा असम्भब रहेको बताए । उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार बहुमत प्राप्त सरकार भएकाले यही सरकारले संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने दाबी गरे ।
माओवादीलाइ पनि सत्ताको लुछाचुडी र साना कुरामा नअल्झी सरकारमा सामेल हुन गच्छदारले आग्रह गरॆ । 
वर्तमान राजनितीक गतिरोध तिहार अघिनै समाप्त हुने र त्यसका लागि सहमतिको प्रयास तीब्र गतिमा अघि बढेको समेत उनको भनाई थियो । 
माओवादी कांग्रेस र एमाले तीन ठूला दल आ-आफ्नै स्वर्थमा अडिग रहेकाले गतिरोध अन्त्य हुन नसेकेको पनि उनले उल्लेख गरे । 
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गच्छदारले राजनीतिक गतिरोध अन्त्य गरी मुलुकलाई निकास दिन नसक्नुमा तीन ठूला दलनै दोषि रहेको दोहोर् याए । 
मुलुकका सामु विद्यमान दुई जिम्मेवारी संविधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याने कार्य पुरा गर्न सबै दल एकजुट हुनुपर्नेमा गच्छदारको जोड थियो । 
सहमतिको विकल्प नभएको अैल्यउदै उहाले राष्ट्रपति र सेनापतिका विषयमा संविधान संसोधन गरेर सहमती जुटाउन सकिने वताउनुभएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by