ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 9, 2009

'राष्ट्रपति शासन लगाएर संविधान बनाउने हल्ला सुनेँ' : खनाल

टेकनारायण भट्टराई, पाल्पा असोज २३- एमाले अध्यक्ष झलनाथ खनालले देश प्रतिक्रान्तिको दिशातर्फ जाने खतरा रहेको औंल्याएका छन्। दलबीचको सहमति प्रयासले ठोस निष्कर्ष लिन नसकेपछि प्रतिक्रियावादीहरुले थप चलखेल गर्न लागेको आफूले सुइँको पाएको खनालले दाबी गरे। एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शुक्रबार सन्धिखर्कमा खनालले भने- हिँजोआज मैले ज्यादै नराम्रा हल्ला सुनेको छु। देश प्रतिक्रान्तिको दिशातर्फ जाने खतरा देखिएको छ।” 

उनले आफूले सुनेको हल्लाबारे प्रष्ट्याउँदै भने- “देशमा राष्ट्रपति शासन लगाएरै भए पनि नयाँ संविधान बनाइछाड्ने भन्दै केहीले बोल्दै हिँड्न थालेका छन्।” खनालले त्यस्ता कुरा कहाँबाट आएका छन् भनी सबैले खोज्नुपर्ने र दलहरु संवेदनशील हुनुपर्ने बेला आएको बताए। 

देशमा राष्ट्रपति शासन लागाउने र बलजफ्ती संविधान बनाउने पक्षमा एमाले नलाग्ने प्रष्ट पारे। “हामी त्यस्ता विचारको कडा प्रतिवाद गर्छौं र प्रतिक्रियावादीको मनसुवा कुनै हालतमा पूरा हुन दिँदैनौं।” खनालले राजनीतिक शक्तिबीच तिक्तता देखिएका बखत प्रतिक्रियावादीहरुले त्यस्ता डंका पिट्ने गरेको भन्दै माओवादी, कङ्ग्रेस र एमालेबीच सहमति नभए देश दुर्घटनामा जाने बताए। 

खनालले गिरिजाबाबु र प्रचण्डको नामै लिएर प्रश्न गरे- “हिँजो राजा फाल्न हामी एक भयौं भने आज संविधान बनाउन किन एक हुन नसक्ने ?” खनालले तीन दलबीच सहमति नभए देश र जनताले अर्को दुर्भाग्य बेहोर्नुपर्ने बताए।

जेष्ठ १४ गतेभित्र जनतालाई संविधान दिन नसके दलप्रतिको जनविश्वास कमजोर हुने भन्दै राष्ट्र दुर्घटनामा पर्ने खनालको भनाइ थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by