ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 6, 2009

'कङ्ग्रेस-एमाले जनमुक्ति सेना विघटनको पक्षमा'

जनविद्रोहको परिस्थिति अनुकूल बन्दैछ
इनरुवा, असोज १९ (नागरिक)- माओवादी नेता सिपी गजुरेलले कङ्ग्रेस र एमाले जनमुक्ति सेना विघटन गरेर माओवादीलाई कमजोर बनाउन क्रियाशील भएको आरोप लगाएका छन्। उनीहरु सेना व्यवस्थापन र समायोजन भन्ने बहानाबाजी गर्दै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको उनको भनाइ छ।सत्तासीन दलहरुको व्यवहारकै कारण संविधान निर्माणको प्रक्रियामा ढिलाइ भएको बताउँदै उनले भने- यसले जनविद्रोहको परिस्थिति अनुकूल बन्दै गएको छ।

इटहरीमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता गजुरेलले आफूहरुको नागरिक सर्वोच्चताको आन्दोलन नरोकिएको पनि बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल चियापान कार्यक्रममा जानुलाई सद्भावको राजनीतिका रुपमा लिन पनि उनले आग्रह गरेका थिए। उनले भने- त्यो सरकारी कार्यक्रम थिएन। 

एउटा देशमा दुईवटा सेना लामो समयसम्म राख्नु हुँदैन भन्ने विषयमा आफ्नो पार्टी जिम्मेवार भएको उल्लेख गर्दै उनले सेना समायोजनमा अनमिनको भूमिका ठूलो रहेको भनाइ पनि व्यक्त गरे।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by