ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 5, 2009

सानैमा यौनेच्छाको कारण आमाबुवाको जिन

२०६६ आश्विन ३ - केही बालबालिका कम उमेरमै यौन क्रियामा किन लिप्त हुन्छन् ? जतिखेर मानसिक र शारीरिक परिवर्तनको प्रक्रिया चलिरहेको हुन्छ त्यतिखेर उनीहरू कसरी सेक्सप्रति आकषिर्त हुन्छन् ? लामो समयदेखि उठदै आएका यी प्रश्न उत्तर खोज्न वैज्ञानिकहरू सफल भएका छन् । वैज्ञानिकहरूका अनुसार बालबालिकाको यौन सक्रियतालाई आनुवंशिक प्रभावद्वारा बढी राम्ररी परिभाषित गर्न सकिन्छ । सानैमा सेक्सप्रति आकर्षण हुनुमा वातावरणभन्दा पनि आमाबुवाको 'जिन' प्रमुख कारण हुने अमेरिकी जर्नल 'चाइल्ड डेभलपमेन्ट' मा प्रकाशित अनुसन्धानमा उल्लेख छ ।
उक्त अनुसन्धानमा बेग्लाबेग्लै तरिकाबाट एकअर्कामा सम्बन्धित एक हजारभन्दा बढी बालबालिकालाई सामेल गरिएको थियो । तीमध्ये केही बुवासँगै हुर्किएका थिए, केही बुवाबाट अलग्ग बस्ने गर्थे । अनुसन्धानमा के पाइयो भने घरेलु माहौलविपरीत यस्ता बालबालिकाको जिन आपसमा मेल खान्थ्यो, जसले लगभग एकै उमेरमा पहिलोपटक यौन सम्पर्क कायम गरेका थिए । घरमा बुवाको छत्रछायामा हुर्किएका हुन् कि नहुन्, यस मामिलामा यो कुराको कुनै सम्बन्ध थिएन ।

अनुसन्धानअनुसार वातावरणीय मान्यताले बालबालिका र तिनको यौन सक्रियताको सुरुवातबीच सम्बन्धको पूर्णरूपमा व्याख्या गर्दैन । यसविपरीत आनुवांशिक प्रभावले समयअघि नै यौन सक्रियताबीचको सम्बन्ध प्रस्टयाउन सहयोग गर्छ । आमा र बुवा दुवैको आनुवंशिक योगदानले बच्चामा छिटो यौन सम्बन्ध सुरुवातको सम्भावनाबारे थाहा पाइने अनुसन्धानमा उल्लेख छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by