ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 7, 2009

दलहरु संविधानसभा भंग गर्न चाहन्छन्न् : भट्टराई

बाग्लुङ, असोज २१ (नागरिक)- 
एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले दलहरु संविधानसभा भंग गर्न उद्यत भएको आरोप लगाएका छन्। दलहरुले राष्ट्रपतिको कदम नसच्चाई संविधानसभा भंग गरेर राष्ट्रपतिको शासन लागू गर्न खोजेको उनको दाबी थियो।  'राष्ट्रपतिको कदम सच्चाउन दलहरु तयार छैनन्,' एकीकृत माओवादी बाग्लुङ र बाग्लुङ-काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चद्वारा मंगलबार बाग्लुङको गलकोट हटियामा सम्पन्न जनसभामा उनले भने, 'दलहरुकै कारण मुलुक थप संकटमा फस्दै छ।'
भट्टराईले मुलुकमा नयाँ द्वन्द्वको सुरुवात भएको बताए। 'मुलुकमा तेस्रो जनआन्दोलनको विकल्प छैन। अवको आन्दोलनले यथास्थितिवादी बढारिने छन्।'

'नागरिक सर्वोच्चताका लागि माओवादी पछि हट्दैन,' उनले भने, 'राष्ट्रपतिको कदम सच्चाउन वर्तमान सरकार तयार नभएसम्म नयाँ सहमति बन्ने सम्भावना छैन।'

शान्ति प्रक्रिया निश्कर्षमा पुर्‍याउने, नयाँ संविधान निर्माण , नागरिक सर्वोच्चता कायम गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र माओवादीको नेतृत्वमा संयुक्त राष्ट्रिय सहमतिको सरकार गठन गर्ने जिम्मा आफ्नो पार्टीको भएको दाबी भट्टराईको थियो।

सो कार्यक्रममा माओवादीका प्रवक्ता दिनानाथ शर्माले गलकोट क्षेत्रको विकासको लागि सक्दो पहल गर्ने बताएका थिए। सो जनसभामा एकीकृत नेकपा माओवादीका एक दर्जन केन्द्रीय नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by