ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 10, 2009

'जनताको आवाज अवरुद्ध पारियो'

'असोज २१ गतेसम्म राजनीतिक गतिरोध हटाउछौ भन्ने दलका नेताका मनमा के छ ?प्रश्न उब्जेको छ । ' 
अमृता अनमोल / बुटवल , २०६६ आश्विन २४ - संविधानसभा अध्यक्ष सुवास नेम्वाङले लगातार संसद अवरुद्ध हुंदा जनताको आवाज अवरुद्ध भएको बताएका छन् । पब्लिक क्याम्पस संघको आठौं साधारण सभाको शनिबार बुटवलमा उदघाटन गर्दै उनले लगातारको संसद अवरोधले जनताका अति संवेदनशील र महत्वपूर्ण मुद्धाहरुमा समेत जनप्रतिनिधिले छलफल गर्न नपाएको गुनासो गरे । सुदूरपश्चिममा झाडापखाला र बाढी पहिरोको ठूलो विपत्ति आइपर्दासमेत संसदमा छलफल गर्न नपाउनु दुखद भएको बताउदै उनले छिटो राजनीतिक गतिरोध हटाउन दलहरुलाई आग्रह गरेे । 

असोज २१ गतेसम्म राजनीतिक गतिरोध हटाउछौं भनेर प्रतिवद्धता जनाएका नेताहरुले समेत त्यसो गर्न नसकी सुस्ताएको बताउदै उनले दलरुलाई संवेदनशील बन्न सुझाव दिए । दलहरुलाई राजनीतिक गतिरोध हटाएर संसद सुचारु गर्न पटक पटक लिखित र मौखिक सुझाव दिंदा समेत त्यसलाई वेवास्ता गरेको प्रसंग कोट्याउदै उनले भने ,'असोज २१ गतेसम्म राजनीतिक गतिरोध हटाउछौ भन्ने दलका नेताका मनमा के छ ?प्रश्न उब्जेको छ । ' 

समयमै संविधान नबने जनआन्दोलनबाट प्राप्त अहिलेसम्मका उपलब्धिहरुको अर्थ नरहने बताउदै लगातारको संसद अवरोधले संविधान निर्माणका काममा पनि बाधा पुग्ने बताए । उनले भन, ' दलहरुले न्ायाँ संविधान बनेर कार्यान्वयनमा नजादासम्म आपसि खिचातानी छाडेर अघि बढ्नुपर्छ । '

 देश बनाउने र सपार्ने दुवै काम नेताहरुले गर्न सक्ने भन्दै नेम्वाडले अब बिगार्ने होइन सपार्ने काममा ध्यान दिन जरुरी  रहेको बताए । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by