ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 8, 2009

भारतीयद्वारा सुस्तामा फेरि अतिक्रमणको प्रयास

परासी, असोज २२ - पटकपटक भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्तामा फेरि एक पटक भारतीय पक्षले अतिक्रमण गर्ने प्रयास गरेको छ। पछिल्लो पटक त्रिवेणी सुस्ता ४ अन्तर्गत सुस्तामा पर्ने रहुवा खोला नजिक विवादित भूमिमा भारतीय पक्षले ट्याक्टर ल्याएर जोती सुस्तामा नेपाली भूमि अतिक्रमण गर्ने प्रयास गरेको हो। वि.सं.२०६२ मा दुवै देशबीच भएको सहमति विपरित विवादित भूमि मानी दुवै पक्षबाट जोतभोग नगर्ने सहमति भएपछि भारतीय पक्षले सो भूमिमा ट्याक्टर ल्याएर जोती अतिक्रमण गर्ने प्रयास गरेको थियो।
सीमा सुरक्षा बेस क्याम्प सुस्ताका सशस्त्र प्रहरी निरीक्षक मिनबहादुर लम्तरीका अनुसार विवादित भूमिमा ट्याक्टर ल्याएर जोती अतिक्रमण गर्ने प्रयास गरेपछि भारतीय एसएसवीसँग कुरा गरी भारतीय पक्षले सो भूमिमा पुन जोत्नमा रोक लगाएको छ।

सुस्तामा भारतीयहरुले एसएसवीको आडमा पटकपटक नेपाली भूमि खनजोत गर्दै सुस्ताको वडा नं. १ देखि ७ सम्म कब्जा जमाइसकेका छन्। बाँकी दुई वडाका केही भूमि बचेको छ। सुस्ता एउटा गाविसबाट त्रिवेणी गाविसमा गाभिएर त्रिवेणी सुस्ताको एउटा ४ नम्बर वडामा सीमित हुनपुगेको छ। सरकारको यस्तै बेवास्ता गर्ने रवइया रहि रह्यो भने केही वर्ष मै सुस्ताको नामो निसान हराएर जाने सुस्तावासीको भनाइ रहेको छ।

सुगौली सन्धिपछि निर्धारण गरिएको सीमा अतिक्रमण हुँदै आए पनि २०३८ साल देखि सुस्तामा अतिक्रमण बढदै आएको र भारतले सीमासुरक्षा बल सीमामा तैनाथ गरेपछि अतिक्रमण झन तीव्र भएको हो। भारत रमपुरवा भारतीय एसएसवीको आडमा भारतीय पक्षले सुस्ताको करिब ८० प्रतिशत नेपाली भूभाग अतिक्रमण गरिसकेको छ।

भारतीयहरु सीमामा पर्ने धनैया खोलामा एकतर्फी रुपमा बाँध बाधेर धनैया रेतामा पसि पटकपटक खनजोत तीव्र पारेका हुन्। भारतको बाल्मिकी नदी एयरपोर्टदेखि पश्चिम एक किलो मिटर दुरीमा रहेको नालामा समेत बाँध लगाएर नारायणीको धार पश्चिम फर्काउन थालेका छन्। 

जसको कारण नारायणी नदीले कुडिया, नर्सही, पक्लिहवाको खेतीयोग्य भूमि कटान गर्दै आएको छ। हालसम्म्ा भारतले सुस्ताको १४ हजार हेक्टर बढी नेपाली भूमि अतिक्रमण गरिसकेको सीमाविद्हरुले जनाएका छन्। नेपाली भूमि रक्षाका लागि सुस्तामा ३४० घरधुरीका तीन हजार ७०० जनसङ्ख्या भएका सुस्तवासी शिक्षा, स्वास्थ्य, रोजगारी, बिजुलीबत्ती, चेतना, विकासजस्ता पूर्वाधारहरुबाट वन्चित भएर बाच्न बाध्य छन्। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by