ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 10, 2009

अयोग्य लडाकुलाई भोलिदेखि शिविरबाट बाहिर निकालिने

धनकुटा, असोज २४ (नागरिक)- 
शान्ति तथा पुनःनिर्माण मन्त्री रकम चेम्जोङले अनमिनले अयोग्य ठहराएका जनमुक्ति सेनाका लडाकुलाई भोलिदेखि शिविरबाट बाहिर निकालिने बताएका छन्। त्यसको सुरुवात सिन्धुलीमा रहेको दुधौली शिविरबाट प्रारम्भ गरिने जानकारी पनि उनले दिएका छन्। कुनै पनि राजनीतिक दलको आवरणमा हतियार प्रदर्शन गर्ने, कानुन हातमा लिने र देशलाई विखण्डन गर्ने गतिविधि गर्ने जुनसुकै समूहलाई कारबाही गर्न विशेष सुरक्षा योजना ल्याइएको भनाइ पनि उनको थियो।

प्रेस चौतारी नेपाल, धनकुटाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान निर्माण गर्न राजनीतिक दलहरूका कारण ढिलाई भइरहेको पनि बताए।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by