ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 10, 2009

माधव नेपालबाहेक सबै स्वीकार्य: यादव


काठमाडौ, २०६६ आश्विन २४ -
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माधव नेपालबाहेक अरु जो सुकै प्रधानमन्त्री भएपनि आफुलाई मान्य हुने बताएका छन् । उनले सरकार सरकार चाडैं ढल्ने भविश्यवानीसमेत गरे । 'माधव नेपाल बाहेक निर्वाचित जो सुकै प्रधानमन्त्री भएपनि हामीलाई मान्य हुन्छ' यादवले रिपोर्टर्स क्लवमा भने, 'अव यो सरकार धेरै दिन टिक्न सक्दैन ।' उनले आगो बली सकेको उल्लेख गर्दै पानी पनि उम्ली सकेकाले खिचडी पाक्नै लागि सकेको बताए । 'प्रतिक्षा गर्नुस् खिचडी छिट्टै पाक्छ' उनले भने । वर्तमान सरकार जति लामो समयसम्म रहन्छ त्यति नै मुलुकको अवस्था खराव हुँदै जाने उल्लेख गर्दै यादवले भने 'बैशाखी टेक्दा टेक्दै वर्तमन सरकार लाचार भईसकेको छ ।'

राष्ट्रिय सहमतीको सरकारको विकल्प नरहेको बताउदै यादवले भने 'पहिला राष्ट्रिय सहमतीको एजेन्डा तयार पारौं अनी ठोस सरकार गठन गरौं ।' 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by