काठमाडौं/एयर फ्लाइले बुधबारदेखि नेदरल्यान्डबाट काठमाडौंतर्फको सीधा उडान थाल्ने भएको छ । एयर फ्लाइले उडान थालेपछि नेपालको युरोपसँग सीधा हवाई सम्पर्क स्थापना हुनेछ । कम्पनीले पहिलो उडान बुधबारबाट थाले पनि नियमित उडान भने तय गरेको छैन । एयर फ्लाईको पहिलो उडान बुधबार दिउसो सँाढे २ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।कम्पनीले नेपालको बजार हेरी नियमित उडान फ्रीक्वेन्सी तय गर्ने पर्यटन मन्त्रालयका सहप्रवक्ता रामप्रसाद भट्टराईले बताए । नियमित उडानकालागी कम्पनीले लागत तथा नाफा दुवैको तुलनात्मक अध्ययन गरेपछि मात्रै निर्णय गर्ने बताएको उनको भनाइ छ । 'नियमित उडानभन्दा पनि कम्पनीले युरोपबाट सीधा उडान थाल्नु ठूलो विषय हो,' उनले भने, 'यसले नेपाललाई युरोपसँग प्रत्यक्ष रुपमा जोड्न सहयोग पुर्याउनेछ ।'
पयर्टन वर्ष २०११ लाई लक्षित गर्दै नेपालमा सीधा उडान थाल्ने एयर फ्लाई पछिल्लो कम्पनी हो । चीनको इस्टर्न एयरले २० सेप्टेम्बरदेखि चीनको कुन्मिनबाट सीधा उडान थालिरहेको छ । इस्टर्नले उडान थप गर्नका लागि अध्ययन गरिरहको उनले बताए । 'नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने कि प्रत्यक्ष उडान मात्रै गर्ने भन्ने विषयमा उनीहरू अध्ययन गरिरहेका छन्,' उनले भने ।
चिनियाँको नयाँ गन्तव्यका रुपमा नेपाल विकसित हुन थालेपछि चिनियाँ विमान कम्पनी सिधा उडानका लागि इच्छुक भएका हुन् । पर्यटन बोर्डले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार २००८ को सेप्टेम्बरको तुलनामा गत सेप्टेम्बर महिनामा नेपाल आउने चिनियाँ पर्यटक संख्या ३२ प्रतिशत बढेको छ ।
No comments:
Post a Comment