ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 7, 2009

अब चोरीसिकारी लाई गोली

श्याम भट्ट, काठमाडौं २१ असोज- चोरि सिकार र अवैध व्यपारका कारण संरक्षीत वन्यजन्तु संकटमा पर्दै गएपछि सरकारले चोरिसिकारीलाई घटनास्थलमै गोली हान्ने अधिकार 'सुट एट साईट' दिन सिफारिस गरिएको छ। मुख्यतया विश्वमा दुर्लभ हुँदै गएका एक सिंगे गैंडा र बाघको सिकार रोक्न सरकारका जीम्मेवार निकायले यसमा सहमति गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐनमा २०२९ मा संरक्षीत क्षेत्रमा अवैध गतिविधि गरेर भाग्न खोज्नेलाई घुँडा मुनि गोली हान्न सक्ने व्यवस्था भए पनि मानवियताका कारण प्रयोगमा थिएन। भारतका संरक्षण क्षेत्रमा वनकर्मीलाई यस्तो आदेश रहेपनि मुलुकमा पहिलो पटक सेनालाई यो आदेश दिइएको हो । वन सचिव युवराज भुसालका अनुसार अहिले चितवनका स्थानिय एफएम बाट निकुञ्जका प्रमुख क्षेत्रमा नजान अनुरोध गरिदै छ भने रक्षा मन्त्रालय संग पनि यसबारे सहमति भईसकेको छ।'हामीले संरक्षणका लागि सिकारीलाई गोली हान्ने 'सुट द पोचर'को निति लिएका हौं ' उनले भने।

तत्काल चोरीसिकारी नियन्त्रण गर्न चितवन र पर्सा वन्यजन्तु आरक्षमा सैनिक पोष्ट थप्ने र निकुञ्जका रिक्त दरवन्दी परिपुर्ती गरिने सहमति विशेषज्ञ हरुले गरेका छन।सचिव भुसाल चितवन भ्रमणबाट फर्के पछि सोमबार भएको सहमाति अर्न्तगत चितवन राष्ट्रिय निकुञ्जलाई चारै तिर बाट सुरक्षा घेरा दिई 'सिल्ड' गरिने भएको छ भने संरक्षणकै लागि निकुञ्ज चीत्र रहेका विवादास्पद सात वटा होटललाई पनि बाहिर ल्याउने निर्णय गरिएको छ।

वन सचिव युवराज भुसाल, वन्यजन्तु संरक्षण विभागका उप महानीर्देशक मेघ बहादुर पाण्डे ,राष्ट्रिय प्रकृति संरक्षण कोषका शान्तराज ज्ञवाली ,सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयका उप निर्देशक बाबुकृष्ण कार्की,वन विभागका महानिर्देशक कृष्णचन्द्र पौडेल,डब्लु डब्लु एफ नेपालका वन्यजन्तु व्यापार शाखाका प्रवन्धक दिवाकर चापागाँई र संरक्षण कार्यक्रम निर्देशक घन श्याम गुरुङ लगायत मन्त्रालय र विभागका विशेषज्ञले यो सहमति गरेका हुन्।

'हामीले चितवनलाई भारतको काजीरंगा नेशनल पार्क जस्तै 'मोडल' बनाउन खोजेका हौं' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता शिवराज भट्टले भने 'निकुञ्जको केन्द्रिय क्षेत्र 'कोर एरिया' मा शंकास्पद व्यक्ति देख्ने वित्तिकै गोली हान्न 
सकियोस' उनले भने।

अहिले चितवनका टेम्पल टाईगर,आईल्याण्ड ,घाटगाई,डुमरिया र भावानी पुर चोरीसिकारका प्रमुख क्षेत्र हुन। सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयका उप निर्देशक बाबुकृष्ण कार्कीका अनुसार निकुञ्जलाई चारैतिरबाट घेर्न १६ वटा पोष्ट थपेर चितवनमा ५० वटा पोष्ट बनाउनु आवश्यक छ भने पर्सा वन्यजन्तु आरक्षमा रहेको सेनाको गुल्मलाई गणमा बदल्न पनि आवश्यक छ जसका लागि विभागले सहमति जनाईसकेको छ।'निकुञ्ज लाई सुरक्षा घेरा भीत्र नहालुञ्जेल संरक्षण संभव छैन'उनले भने।

अधिकांस शिकारी मध्यवर्ती क्षेत्र र विकट क्षेत्रमा वसेर शिकार गर्दै आएका छन।सेनालाईलाई चोरीशिकारी विरुद्ध मध्यवर्ती क्षेत्रमा पनि गश्ती गर्न जान मिल्ने 'एसओपी ' स्टयार्न्डड अपरेशन प्रोसिडयुर वन मन्त्रालयको स्वीकृति पछि रक्षाको स्वीकृति कुरेको छ। 'एसओपी' स्वीकृत भए चोरीससिकारी नियन्त्रणमा थप सहयोग पुग्ने कार्की बताउछन।

प्रवक्ता भट्टका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय ४४ जनाको दरबन्दीमा १सय ८ र हात्तीसारमा १ सय २९जनाको दरबन्दीमा १सय ८ मात्र कर्मचारी रहेको बाँकि दरबन्दी पुरा गर्न पनि सहमति बनेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by