ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 6, 2009

माओवादीद्वारा आफ्नै नेतृत्वको सरकारमा जोड


काठमाडौ, २०६६ आश्विन २० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठन नभएसम्म सहमति हुन नसक्ने बताएका छन् । माओवादी पार्टी मुख्यालयमा मंगलबार आयोजित शिक्षा मासिक पत्रिकाको सार्वजनिकीकरण कार्यक्रममा उनले भने-'राष्ट्रिय सरकार र नागरिक सर्वोच्चताका कुरा संग संगै लगेर प्योकजमा समाधान गरिनुपर्छ ।' उनले माओवादीलाई पाखा लगाएर संविधान निर्माण तथा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्ने बुझेपछि पहिलेका तुलनमा दलहरु केही लचिलो भएको आफूले महशुश गरेको बताए । दुईवटा चियापान कार्यक्रममा शीर्षस्थ नेताहरु बीच भएको छलफलले सहमतिको नजिक पुर्‍याएको उनको भनाई थियो ।सहमतिका लागि कांग्रेस र एमालेले तयार पारेको साझा संकल्प प्रस्तावको मस्यौदा पूर्ण नभएको भन्दै उनले भने- छलफलका लागि माओवादीले छुट्टै मस्यौदा तयार गदैंछ । 

उनले माओवादीका लचकताका वाबजुदपनि दलहरु सहमतिमा नआए तिहार पछाडि सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।  'तिहार अगाडि जनतासंग सल्लाहको आन्दोलन गरिएको छ,' उनले भने- 'अझ सहमति नभए तिहार पछाडि सशक्त रुपमा उत्रिन्छौं ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by