सञ्जीव चापागाई, झापा २३ असोज
झापाको चारआलीमा राजस्व गस्ति टोली र भन्सार छलेर सामान भित्र्याउदै गरेका व्यापारीबीच शुक्रबार झडप भएको छ। दुई पक्षबीच झडप हुँदा एक जना प्रहरी र चार जना सर्वसाधारण घाइते भएका छन। शसस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको सामान खोस्न खोस्दा झडप भएको थियो। बिहान साढे ३ बजेतिर दुई वटा मिनीबसमा राखेर भारतबाट भन्सार छली भित्र्याउदै गरेको ७९ बोरा विभिन्न प्रकारका सामान राजस्व गस्ति टोलीले नियन्त्रणमा लिएको थियो।
बिहान साढे ६ बजेतिर ३०/४० जना ब्यापारीहरुको समूहले पक्रउ परेको सामान खोस्ने उद्दश्यले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको थियो।
लगातार ढुङ्गा प्रहार भएपछि आफूहरुले लाठीचार्ज गरेको सशस्त्र प्रहरी बल राजस्व गस्ती टोली काकरभीट्टाका प्रहरी नायव उपरीक्षक पञ्चराम चौधरीले जानकारी दिए।
स्थानीय सर्वसाधारणले भने दुई पक्षबीच झडप भएपछि रमिता हेरेर वसेका छेउछाउका व्यक्तिलाई प्रहरीले समातेर कुटपिट गरेको आरेाप लगाएका छन।
घट्नापछि स्थानीयवासीले सर्वसाधारण पिटिएको भन्दै प्रहरीको तिब्र विरोध गरेपछि घाइते भएका सर्वसाधारणलाइ उपचार गरिदिन राजस्व गस्ति टोली सहमत भएको चारआली प्रहरीचौकीका प्रमुख भेषराज दाहालले जानकारी दिए।
No comments:
Post a Comment