ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 10, 2009

कालो झण्डा देखाउँदा रुपन्देहीमा झडप

काठमाडौँ, असोज २४ (नागरिक)-  एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले बुटवलमा उद्योगमन्त्री महेन्द्र राय यादवलाई कालो झण्डा देखाउने क्रममा सुरक्षाकर्मीसँग झडप भएको छ। रुपन्देही उद्योग वाणिज्य संघको अधिवेशन उदघाटन गर्ने कार्यक्रमका लागि बुटवल आएका यादव चढेको गाडीमा माओवादी कार्यकर्ताहरुले बुटवलको तिनाउ पुलमा ढुंगासमेत हानेका थिए। ढुंगा प्रहारबाट मन्त्री यादव चढेको गाडीको शिशा फुटेको छ। मन्त्रीलाई केही भएको छैन।

एनेकपा माओवादीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सम्मिलित कार्यक्रम बहिस्कार गर्ने र कालो झण्डा देखाई विरोध गर्ने कार्यक्रम दशैँअगाडिदेखि जारी राखेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by