ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 7, 2009

'प्रधानमन्त्रीको प्रस्ताव आएको छैन'

काठमाडौ, २०६६ आश्विन २१ -
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा कुनै कुराकानी नभएको स्पष्ट पारेका छन् । उनले आफूलाई दाहालले प्रधानमन्त्रीको प्रस्ताव पनि नराखेको बताए । गत आइतबार पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीको निवासमा कोइराला र दाहालबीच भएको भेटमा कोइरालालाई दाहालले प्रधानमन्त्रीको प्रस्ताव राखेको समाचार बाहिर आएको थियो । उक्त समाचारसंगै राजनीतिक वृतमा नयाँ तरङ्ग पैदा गरेको थियो । यसअघि दाहालले पनि उक्त समाचारको खण्डन गरिसकेका छन् ।कोइरालाको उक्त भेटलाई कांग्रेसी नेताहरुलेपनि सन्देहको दृष्टिले हेर्न थालेपछि कोइरालाले त्यस विषयमा स्पष्ट पारेका हुन् । केन्द्रीय समितिको अनौपचारिक बैठक बुधबार आफ्नै निवासमा डाकेर सभापति कोइरालाले संचारमाध्यममा आएको जस्तो दाहालसंग आफ्नो भेट नभएको भन्दै आफ्नो बचाउ गरेका थिए । कोइरालाको भनाई उदृत गर्दै एक सदस्यले भने- 'कार्कीको निवासबाट बाहिरिने क्रममा प्रचण्डजीसंग भेट भएको हो, उभिएर केही बेर कुरा भयो, अरु सब हल्ला हो ।'

कोइरालाले आजको बैठकमा पुनःमहासमिति बैठक सार्न आग्रह गरेका छन् । तर, केन्द्रीय सदस्यहरुले कात्तिकमा बीरगंजमा महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भइसकेकोले सार्न नहुने सुझाव दिएका थिए । कोइरालाले सम्पूर्ण ध्यान आगामी महाधिवेशनका लागि केन्द्रीत गर्न नेताहरुलाई निर्देशन दिएका थिए । उनले महाधिवेशन प्रभावित हुने कुनै काम नगर्न नेताहरुलाई भनेका थिए ।

भोलि बस्ने केन्द्रीय समितिको बैठकले सभापतिले राखेको प्रस्तावहरु बारे थप छलफल गर्ने बताईएको छ

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by