ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 9, 2009

आन्दोलन जारी राख्ने माओवादी निर्णय

काठमाडौ, २०६६ आश्विन २३ - एकीकृत माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिको कदमबारे सदनमा छलफल नभएसम्म आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको संसदीय दलको बैठकले सदनमा राष्ट्रपतिको कदमबारे छलफल भएमात्र राजनीतिक सहमति बन्ने निष्कर्ष निकालेको छ । बैठकले आफ्ना माग बारे सम्बोधन नभएसम्म आन्दोलनलाई सदन र सडकबाट जारी राख्ने निर्णय गरेको संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । निकासका लागि सहमति र सहकार्य तथा सम्बादलाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । दलहरुसंग सहमति पछि मात्र राजनीतिक उच्च स्तरीय संयन्त्र तथा अन्य विषयमा कुरा अघि बढ्ने उपनेता श्रेष्ठले बताए । पछिल्लो राजनीतिक अवस्था तथा अन्य दलसंग भएका सम्वादका विषयमा बैठकमा छलफल भएको उनले जानकारी दिए ।

त्यस्तै,बैठकले माओवादी सभासदले आफुखुसी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ । विदेश जानुपूर्व सभासदले संसदीय बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए । पश्चिम नेपालका बाढी पीडितका लागि प्रति सभासद एक हजार राहत संकलन गर्ने र सम्बन्धित क्षेत्रका सभासदलाई बाढी प्रभावित क्षेत्रमा जाने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै संसदीय दलको बिधानमा संशोधन गरेर संबिधान सभा र संसदीय दलको कामलाई प्रभावकारी बनाउनकालागी बोर्डको ब्यवस्था तथा कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ । बोर्डको संयोजक दलका उपनेता श्रेष्ठलाई तोकिएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by