ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 7, 2009

कोइरालाद्वारा महासमिति बैठक रोक्न फेरि निर्देशन


उपस्थित नेताद्वारा विरोध
काठमाडौं, असोज २१ (नागरिक)- कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पुन: महासमिति बैठक रोक्न निर्देशन दिएका छन्। बुधबार बिहान कोइराला निवासमा भएको कङ्ग्रेस नेताहरुको अनौपचारिक बैठकमा उनले यस्तो निर्देशन दिएका हुन।  कोइरालाले महासमिति बैठक रोक्न यसअघि दुई पटक निर्देशन दिइसकेका छन्। कङ्ग्रेसको महासमिति बैठक कात्तिकमा वीरगन्जमा हुने कार्यक्रम तय भएको थियो। कोइरालाको निर्देशनपछि कङ्ग्रेस नेता रामचन्द्र पौडेलले कोइरालालाई वीरगन्ज जान अप्ठेरो हुने भए बरु बैठक काठमाडौं वा अन्य सहज स्थानमा गर्न सकिने प्रस्ताव राखेका थिए।

त्यसैगरी सुशील कोइरालाले भने 'गिरिजाबाबुले भन्नुहुन्छ भने सारौं न त' भनेर समर्थन जनाएका थिए। बैठकमा राजधानीमा उपलब्ध प्राय: सबै केन्द्रीय सदस्य सहभागी थिए। सुशीलबाहेक अरु सबैले कोइरालाको निर्देशनप्रति विरोध जनाएका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by