ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 5, 2009

गतिरोध छिट्टै अन्त्य हुन्छ / कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैनः दाहाल


काठमाडौ, २०६६ आश्विन १९ -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख दलहरुबीच सहमतिको लागि संवाद जारी रहेकाले राजनीतिक गतिरोध चाडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले आफूले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बन्ने प्रस्ताव नगरेको समेत दाबी गरे । राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले २/४ दिनभित्रै संविधान निर्माण र शान्ति प्रकृयाले गति लिने बताए ।
उनले भने, 'प्रमुख तीन दलबीच संवाद र सहमतिको प्रकृया जारी रहेकाले छिट्टै निकास निश्कन्छ ।' माओवादीलाई शान्ति प्रकृयाबाट अलग्याएर जंगल पठाउन खोज्नेहरुको चाहना पूरा हुन नदिने बताउदै उनले राजनीतिमा लागेको ग्रहण टिट्टै हट्ने विश्वास ब्यक्त गरे ।


आइतबार कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भएको भेटघाट राजनीतिक गतिरोध अन्त्य गर्ने बिषयमा मात्र केन्द्रीत रहेको दाबी गर्दै उनले भेटघाटलाई लिएर चलेको हल्ला निराधार भएको बताए । शाहीकालीन मुख्य सचिव लोकमानसिंह कार्कीको घरमा भएको भेटमा दाहालले कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको  समाचारहरु सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका हुन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by