ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 6, 2009

नेपालगञ्जमा दाउद ग्याङका माजिद मारिए

बाँके २० असोज(दैनिकी)
सोमबार राति हत्या नेपालगंजमा एक जनाको गरिएको छ । नेपालगंज नगरपालिका वडा नंम्बर १५ का ५७ वर्षिय मजिद मनिहारको राती न्युरोडस्थित होटल लालीगुराँसमा अज्ञात समूहले हत्या गरेको हो । भारतीय सञ्चारमाध्यम आजतकले मारिएका मजिद अन्डरवर्ल्ड डन दाउद इब्राइमको गिरोहका सदस्य भएको र उनी नक्कली नोटको कारोबारमा समेत संगल्न रहेको भन्दै समाचार प्रशारण रहिरहेको छ तर नेपाल प्रहरीले यसको स्वतन्त्र पुष्टि गर्न मानेन । "घटनाबारे अहिले अध्ययन भइरहेको छ" बाँके प्रहरीका प्रमुखले भने । घटना लगत्तै बाँके प्रहरीले हत्या गर्ने समूहको खोजी कार्य गरिरहेको जनाएको छ ।
होटलको १ सय ५ नम्बर कोठामा बसेका भारतीय नागरिक अजय सिंहलाई भेट गर्न भनि गएका मनिहारको राती पौने ९ बजेतिर हत्या गरिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको गोली प्रहारबाट नै हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ ।

मनियारको हत्यापछि होटलको कोठा नम्बर १ सय ५ मा बसेका भारतीय नागरिक अजय र कोठा नम्बर १ सय २ मा बसेका विजेन्द्र सिंह केही काम छ भनी सामान छोडेर फरार रहेको होटल स्रोतले जनाएको छ । मृतकको शबलाई अहिले नेपालगंजको नर्सिङ होममा राखिएको छ

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by