ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 4, 2009

झापामा दर्जन बढी सीमास्तम्भ गायव

सीमा अतिक्रमण हुने खतरा
सञ्जीव चापागाई। झापा १८ असोज

नेपाल भारत सीमामा रहेको दर्जन बढी सीमास्तम्भ हराएपछि झापामा सीमा अतिक्रमण हुने खतरा बढेको छ। 
झापाका विभिन्न स्थानबाट १८ बटा सीमास्तम्भ विगत केही महीनादेखि गायव भए पनी सम्बन्धित पक्षले चासो नदिदा सो क्षेत्रमा सीमा अतिक्रमण हुन सक्ने सम्भावना बढेर गएको हो। झापामा १ सय ७ किलोमिटर नेपालको जमिन भारतसँग सिमा जोडिएको छ।  जिल्लामा १७ देखि १५२ नम्बरका सीमा स्तम्भ र ३ सय बढी रीफरेन्स पिलरहरु रहेको सशस्त्र प्रहरी सीमा सुरक्ष कल चन्द्रगढीले जनाएको छ। बलका प्रमुख चन्द्रप्रसाद भट्टका अनुसार यीमध्ये सीमामा रहेका दर्जन बढी रीफरेन्स पिलर गायब भएका छन भने केही पिलरहरु मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन।

कुनै पिलर सात—आठ महिना अगावै हराएको र कुनै पिलर भर्खरै गायव भएको भट्टले जानकारी दिए।  विषेस गरी मेची नदीमा रहेका रीफरेन्स पिलरहरु गायब भएको उनले बताए। कतिपय पिलरहरु गत भदौको पहिलो साता झापाका विभिन्न खोलमा आएको बाढीले समेत बगाएको उनले जानकारी दिए। सीमा सुरक्ष बलले सो कुराको जानकारी यस अघिनै पठाइसकेको जनाएको छ।

आफ्नो कार्यालयको मासिक प्रतिवेदनमा केही सीमा स्तम्भ गायव भएको जानकारी यस अघिनै हेडक्वाटरमा पठाइसकिएको जानकारी दिदै भट्टले यो विषयमा दुवै देसका प्रतिनिधि बसेर छलफल गरे कुनै ठूलो समस्या नभएको बताए। यस अघि संविधान सभाका सभासद र विज्ञहरुसहितको अनुगमन टोलीले ईलाम र झापामा अतिक्रमित क्षेत्रको अनुगमनसमेत गरिसकेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by