ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 7, 2009

राष्ट्रसंघ र अनमिन माओवादीबाट प्रभावित : कांग्रेस

'अर्ती उपदेश नदेऊ' - 
काठमाडौं, कात्तिक २१ (नागरिक)- कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रसंघ र राष्ट्रसंघीय मिसन अनमिन माओवादीबाट प्रभावित भएर अर्ती उपदेश दिदै हिडेको आरोप लगाएका छन्। राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले माओवादी चाहनाअनुसारको सरकार निर्माणमा राष्ट्रसंघले जोड दिएबाट उसको भूमिकामा आशंका बढेको दाबी गरे।  'राष्ट्रसंघ र अनमिनले तय भएअनुसार दायित्व निर्वाह गर्ने हो, उपदेश दिने होइन' पौडेलले भने, 'अनमिन माओवादीबाट प्रभावित छ, आफूलाई सुधारेर अर्ती उपदेश बन्द गर्नुपर्छ।' उनले नेपाली दलहरूले लोकतान्त्रिक ढंगबाट कस्तो सरकार बनाउने भन्नेबारे आफैं फैसला गर्ने हो भन्दै राष्ट्रसंघ, अनमिन या विदेशीलाई आग्रह गर्ने या निर्देशन दिने अधिकार नभएको बताए। 
उनले अनमिनलाई माओवादीबाट प्रभावित नहुन आग्रह गरे। उनले अनमिनमाथि शिविरमा रहेका लडाकुको सही ढंगले प्रमाणीकरण र अनुगमन गर्न नसकेको आरोपसमेत लगाए। उनले अनमिनलाई फिर्ता गर्नुभन्दा उसले राम्ररी काम गर्नुपर्ने बताए।

उनले वर्तमान सरकार परिवर्तन नहुने स्पष्ट पार्दै सबै दल संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए। आफ्नो दलभित्र सरकार परिवर्तनको कुरा नउठेको स्पष्ट पार्दै भने, 'यो सरकार बनाउने र ढलाउने कुरा गर्ने बेला होइन, संविधान बनाउने हो।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by