ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 1, 2009

फाँटवाला नसुधि्रए प्रमुख जिम्मेवारः आयोग

काठमाडौ

'कार्यालयका फाँटवालाहरूले के गर्दैछन् भन्ने बारेमा या त तपाइहरूलाई कुनै सूचना छैन या तपाइहरूको पनि मिलोमतो छ ? म अहिल्यै नै तपाइहरूको मिलोमतो छ भन्दिन तर फाँटवालाहरूले के गर्दैछन् भन्ने बारेमा गहिरिएर अनुगमन गर्नुहोस् ।' जनताले दैनिक प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयका सचिव, विभाग र कार्यालयका प्रमुखहरूको भेलालाई सम्बोधन गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख ललितबहादुर लिम्बूले उक्त कुरा भनेका हुन् । 'दैनिक उजुरी परेको छन्, सेवाग्राहीलाई दुःख दिने र रकम लिने कार्य रोकिएको छैन, अख्तियारका कर्मचारी सेवाग्राहीका रूपमा जाँदा विगतमाझंै झमेला दिने कार्य भइरहेकै छन्' लिम्बूले सबै मन्त्रालयका सचिव, महानिर्देशक र कार्यालय प्रमुखको दुई घन्टा लामो भनाइ सुनेपछि भने, 'फाँटवालाको काम अनुगमन गर्नुभएन भने दोष तपाईंहरूलाई नै लाग्छ ।'
बैठकमा गृहसचिव डा. गोविन्द कुसुम, श्रम तथा यातायात सचिव बाबुराम आचार्य, भूमिसुधार सचिव छविराज पन्त, स्थानीय विकास सचिव कृष्ण ज्ञावली, काठमाडांै, भक्तपुर, ललितपुर, बनेपा र काभ्रेका प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका कार्यकारी प्रमुखहरू, नापी, भूमिसुधार र मालपोतका कार्यालय प्रमुख सहभागी थिए ।

आयोगले गत असोज १८ गते सरकारका मुख्य सचिव र विभिन्न मन्त्रालयका सचिवलाई आपmनो मातहतका मन्त्रालय, विभाग, कार्यालय तथा संस्थानहरूमा परम्परागत कार्यशैली परिवर्तन गरी जनतालाई छिटो तथा छरितो सेवा प्रदान गर्न पाँच बँुदे निर्देशन जारी गरेको थियो । छलफल कार्यक्रममा अधिकांश कार्यालय प्रमुखले यसअघि दिएको पाँच बँुदे निर्देशन कार्य गर्दा भएको प्रगति विवरण सुनाएका थिए । 

जनतालाई उपलब्ध गराइरहेको सेवा सुविधाका सम्बन्धमा जानकारी राख्न सहभागी अधिकांश कार्यालय प्रमुखले सुशासन एकाइ गठन तथा नियमित रूपमा मासिक बैठक बस्ने कार्यलाई कडाइका साथ पालना गरेको बताएका थिए । 

बैठकमा भूमिसुधार, नापी र मालपोतलाई एकीकृत रूपमा एउटै कार्यालय बनाई सेवाग्राहीलाई सुविधा दिनुपर्ने सुझाव सचिव बाबुराम आचार्यले दिएका थिए । गृह सचिव डा. कुसुमले नक्कली कागजपत्र जाँच गर्ने प्रविधि नभएकाले विवेक र अनुभव प्रयोग गर्न मातहतलाई निर्देशन दिएको बताएका थिए । 

काठमाडांै, ललितपुर, भक्तपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीका निम्ति गरिएका कामको विवरण प्रस्तुत गरेका थिए । सर्वाधिक गुनासो आउने यातायात कार्यालयले छिटो, छरितो सेवा उपलब्ध गराउन दुई फरक स्थानमा शाखा खोल्न लागिएको जानकारी बैठकमा दिइएको थियो । यातायात कार्यालयले चाँडै नै बालाजु र सल्लाघारीमा छु्टटै कार्यालय खोल्ने र मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागि लिइने प्रयोगात्मक परीक्षा हरिहरभवनस्थित साझाको हातामा गराइने जानकारी दिइएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by