ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 4, 2009

रुपन्देहीमा राष्ट्रिय औद्योगीक ब्यापार मेला

भैरहवा कार्तीक १८ श्याम शंकर पाण्डे

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन जिल्ला कार्यसमीती रुपन्देहीले आगामी माघ २२ गते देखी फागुन २ गतेसम्म भैरहवामा राष्ट्रिय औद्योगीक ब्यापार मेला तथा पर्यटन महोत्सव २०६६ आयोजना गर्ने भएको छ । संगठन भैरहवामा पत्रकार सम्मेलन गरी स्वाधीन अर्थतन्त्रका लागी औद्योगीकरण तथा ब्यापार विविधीकरण भन्ने मुल नाराकासाथ स्थानीय शिद्धार्थ रगंशालामा महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो । पर निर्भर अर्थतन्त्रलाई आत्म निर्भर अर्थतन्त्रमा रुपान्तरण गरी साना तथा घरेलु उद्योग र ब्यापारलाई प्रोत्साहन गर्न महोत्सवको आयोजना गरीएको संगठनका अध्यक्ष मनीस कुमार जोसीले जानकारी दिनुभयो ।

लुम्विनी क्षेत्रको पर्यटकीय छवीलाई पो्रत्साहान गर्ने, निकासीजन्य बस्तु तथा सेवाहरुकोपहीचान गरी बजार प्रर्बद्धनमा सहयोग पुर्याउने, सुचना प्रविधीको जानकारी गराउने लगायतका उदेश्य महोत्सवले राखेको अध्यक्ष जोसीको भनाई छ ।

दस दिनसम्म सञ्चालन हुने महोत्सवमा साना तथा घरेलु सुचना प्रवीधी लगायतका गरी दुईसयबटा स्टलहरु रहने आयोजकले बताएका छन् ।

मेलामा विस्वकै ठुलो करुवाको प्रर्दसन तथा विस्वकै होचा व्यक्तीको अवलोकन पनि गर्न पाईने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

मेलालाई ब्यबस्थी गर्न मुल आयोजक समीतीको मातहतमा बिभीन्न उपसमीतीहरु समेत गठन गरीएको बताईएको छ ।

मुलुका ५५ जिल्लामा सगंठन बिस्तार गरेको सगंठनले नेपालमै पहीलो पटक महोत्सवको आयोजना गर्न लागेको हो ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by