ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 5, 2009

पहिला लडाकुलाई निशस्त्र बनाउः गच्छेदार



सेना, हतियार र अर्धसैनिक दस्तालाइ पहिला व्यवस्थापन गर्नुपर्यो 
काठमाडौ -

उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले माओवादीसंग जुनसकै सहमति गर्नुपूर्व लडाकुलाई निशस्त्र गर्नुपर्ने शर्त अघि सारेका छन् । 'सेना, हतियार र अर्धसैनिक दस्तालाइ पहिला व्यवस्थापन गर्नुपर्यो' गच्छेदारले विहीवार राजधानीमा आयोजित कार्यक्रममा भने 'त्यस पछि मात्रै उनीहरुसंग कुनै प्रकारको सहमति हुन्छ ।' 

उनले हतियारसहितको लडाकुलाइ शिविरमा र माओवादीलाई संसदमा ल्याउनु नै गल्ती भएकोसमेत दावी गरे । तत्कालीन सात दलीय गठबन्धनले गरेको उक्त निर्णय आवेशमा आएर गरिएको पनि उनले जीकिर गरे । माओवादी लडाकुको समायोजन शब्दप्रति आफनो सहमति नरहेको उल्लेख गर्दै १२ बुदें होस वा २५ बुदें सवैमा सात दलले त्रुटी गरेको उनले दावी गरे ।

राष्ट्रिय सेनामा राजनीतिक लडाकुलाई समायोजन गर्न नमिल्ने तर्क गर्दै गच्छेदारले भने 'उनीहरुको व्यवस्थापन गर्नुपर्छ ।' उनले माओवादीले आफनो चरित्र आफैले उदांगो पारिरहेको उल्लेख गर्दै जारी आन्दोलनले त्यसको पुष्टी गरेको बताए । माओवादीले जनतालाई भ्रम छरिरहेको पनि उनले दावी गरे । माओवादीले शान्तिसम्झौंता भंग गरिसकेको जीकिर गर्दै गच्छदारले नागरिक सर्वोच्चताको नाम माओवादीले पार्टीको सर्वोच्चता कायम गर्न चाहेको उल्लेख गरे । उनले भने, 'त्यो संभव छैन ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by