ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 7, 2009

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको राष्ट्र संघको भनाइ

काठमाडौं (दैनिकी)

संयुक्त राष्ट्र संघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको स्पष्ट पारेको छ । राष्ट्र संघकी प्रवक्ता मिशेल मोन्टासले नेपालमा केही राजनीतिक दलहरूले महासचिवको प्रतिवेदनमाथि गरेको आलोचनाका बारेमा टिप्पणी गर्दै महासचिव बान की मूनले शान्ति प्रकृयाको सफलताका लागि नेपालका राजनीतिक पार्टीहरुबीच आम सहमति हुनुपर्ने कुरालाई दोहराएको बताएकी छिन । "रिपोर्टले नेपालका राजनीतिक दलहरुलाई राष्ट्रिय सहमतिको सरकारका विषयमा उनीहरुले व्यक्त गरेको चाहनालाई नै प्रोत्साहित गर्छ यसले कुनै किसिमको हस्तक्षेपको प्रतिनिधित्व गर्दैन" उनले न्यूयोर्कमा संवाददाताहरुसँग भनिन ।  सत्ता साझेदार २२ दलको बैठकले मूनको प्रतिवेदनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ती जनाएको थियो ।
यसअघि अनमिन प्रमख ल्यानग्रेनले नेपालमा कायम राजनीतिक गतिरोधले गर्दा शान्ति प्रकृयामा अत्यन्तै सीमित प्रगति भएको बताएकी थिइन । राष्ट्र संघीय सुरक्षा परिषदमा गएराति महासचिव मुनको प्रतिवेदन पेश गर्दै ल्यानग्रेनले हालैका महिनाहरुमा शांति प्रक्रियाले लामो गतिरोधको सामना गरिरहेको भन्दै टकरावको जोखिम औंल्याएकी छिन अनमिन प्रमुख ल्यानग्रेनले नेपालको शान्ति प्रक्रिया गति नलिनुमा राजनीतिक गतिरोध मुख्य कारक रहेको बताइन। उनले राजनीतिक गतिरोधका कारण नै शान्ति प्रक्रियामा काम गर्न नसकेको गुनासो पनि गरिन ।

उनले निर्वतमान प्रधानसेनापती प्रकरणपछि दलहरुबीच राजनीतिक दुरी बढेको पनि उल्लेख गर्दै सहमतिका लागि पटक पटक प्रयास भइरहेपनि विश्वासको बातावरण बन्न नसकेको जानकारी दिइन। नेपालका सम्बन्धमा महासचिव बानकी मुनले तयार पारेको प्रतिवेदनमा शान्ति प्रक्रियाप्रति दलहरुले जनाएको प्रतिवद्धता पुरा नभएको उल्लेख गरिएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by