ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 3, 2009

'हिम्मत भए जनविद्रोह गरेर सत्ता कव्जा गर'


विराटनगर-
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हिम्मत भए जनविद्रोह गरेर सत्ता कब्जा गर्न माओवादीलाई चुनौति दिएका छन् । प्रेस चौतारी मोरङ्गले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने 'भनेर मात्र हुदैन,यदी हिमत छ भने माओवादीलाई सत्ता कव्जा गरेर देखाउन म चुनौती दिन्छु ।' विधिसम्मत बाटोबाट सरकारको नेतृत्व पनि परिवर्तन नगर्ने अनि जनविद्रोहबाट सत्ता कब्जा गर्न पनि नसक्ने माओवादीले आन्दोलनको घुर्कि लगाएर बालहठ देखाएको उनको भनाइ थियो ।
माओवादीले आन्दोलनका नाममा आफैंमाथि आगो लगाएर डढाउने काम गरेको र यस्तो क्रियाकलापमा पुनर्विचार नगरे स्वयम् माओवादीका निम्ति प्रत्युत्पादक हुने पोखरेलले चेतावनी थियो ।
माओवादी साच्चै राष्ट्र र जनताप्रति चिन्तित भए उसँग सहमति र सहकार्यमा आउनुको विकल्प नभएको उनले बताए । माओवादीले सञ्चालन गरेको आन्दोलनले केही नजित्ने भन्दै महासचिव पोखरेलले माओवादीले अनाहकमा जनतालाई दुःख दिने बाटोमा हिँडेको बताए । मुठभेड कसैका लागि लाभकारी नहुने र मुठभेडबाट मुलुकलाई अलग राख्नुपर्ने उनको भनाइ थियो । उनले सहमति बिना नेपालले नयाँ संविधान नपाउने प्रष्ट हुदा हुदै माओवादीले उग्र भएर निस्केको वताए । उनले यही सरकारमा आउने भए माओवादीलाई सवैको भन्दा बढी मन्त्री दिन एमाले तयार रहेको वताए । रक्षामन्त्रीका पछिल्ला अभिव्यक्तिका वारेमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासमा महासचिव पोखरलले भने केहि त्यस्तो असहमतिका कुरा भए पार्टीमा छलफल गर्नु पर्छ नत्र प्रधानमन्त्री संग राय वझाएर मन्त्री वस्न सक्ने अवस्था हुदैन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by