ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 6, 2009

पर्वतमा स्वाइन फ्लू भएको पुष्टि

हाइअलर्टमा रहन आग्रह
विजय नेपाल/ पोखरा-

पर्वत जिल्लाको सदरमुकाम कुस्मामा डेढ सातादेखि फैलिएको महामारी रुघाखोकी र ज्वरो स्वाइन फ्लू भएको पुष्टि भएको छ। गत कात्तिक १० गतेदेखि रुघाखोकी र ज्वरोबाट प्रभावित बनेका विरामीहरु बढ्दै गएपछि खकारको नमूना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूमा पठाइएकोमा सो रोग स्वाइन फ्ल्यू भएको पुष्टि भएको हो। रुघाखोकी र ज्वरोबाट प्रभावितहरुमध्ये १२ जनाको थ्रोट स्वाब अर्थात् खकार र र्र्याल संकलन गरी पठाइएकोमा ७२ घण्टापछिको परीक्षणका क्रममा उनीहरुमध्ये नौ जनामा स्वाइन फ्ल्यू भेटिएको खबर आएको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।
पर्वतसँगै छिमेकी जिल्लाहरुमा दशदिनको अवधिमा रुघाखोकी र ज्वरोका झण्डै तीन हजार बढी बिरामीहरु उपचारका लागि अस्पताल एवं निजी क्लीनिकहरुमा आएको उनले बताए।

जिल्लामा स्वाइनफ्लू भेटिएको खबर आएपछि उच्चसतर्कता अपनाइएको छ। स्वास्थ्य सेवा विभागबाटसमेत हाई अलर्टमा रहन आग्रह गरिएको छ। आज दिउँसो पनि जिल्लाका सरोकारवाला निकायहरुबीच छलफल गरिने र दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी थप जानकारी दिइने बताइएको छ।

पर्वतमा तीनदिनको अवधिमध्ये १७ गते १ सय ६६ जना, १८ गते ९९ जना र १९ गते हिजोमात्रै ७८ जना रुघाखोकी तथा ज्वरोका बिरामीहरु उपचारार्थ अस्पताल आएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका र्यापिड रेस्पोन्स फोकल पर्सन गोपाल आचार्यले बताए। उनका अनुसार परीक्षणका क्रममा स्वाइनफ्ल्यू भेटिएका भनिएका नौ जना बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य छ।

कुष्मास्थित शिवालय नमूना उच्च माविका सात विद्यार्थी र नयाँ भैरवी दल गुल्मका पाँचजना सैनिक जवान गरी १२ जनाको खकार तथा र्याल परीक्षणका लागि पठाइएको थियो। अधिकांश विद्यार्थीहरुमा यसप्रकारको रोगको लक्षण देखा परेपछि सातादिनदेखि पर्वतका विद्यालयहरु बन्द छन् भने बाग्लुङ्मा समेत बुधबार बसेको प्याब्सन र एनप्याब्सनको बैठकले आइतबारसम्म जिल्लामा विद्यालय बन्द रहने सूचना जारी गरेको छ।

स्वाइन फ्लूको लक्षणहरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, घाँटी दुख्ने गर्दछ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by