ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 4, 2009

सुन मूल्य हालसम्मकै उच्च

काठमाडौ- 

विवाह मौसम सुरु हुनै लागेकाले सुन मूल्य आकासिँदै गएको छ । यसको मूल्य मंगलबार उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय मूल्य पछ्याउँदै स्थानीय बजारमा सुन मूल्य तोलामा ३० हजार रुपैयाँ नाघेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । नेपाली रुपैयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएकाले पनि मूल्य वृद्धि भएको हो । 
'केही समयदेखि लगातार वृद्धि हँुदै गएको सुन तोलामा ३० हजार ३ सय -प्रतिदस ग्राममा २५ हजार ९ सय ८०) रुपैयाँ पुगेको छ,' संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'अघिल्लो दिन प्रतितोला सुन २९ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by