ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 5, 2009

राष्ट्रसंघले हस्तक्षेप गर्यो : २२ दल

सरकारलाई समर्थन दिएका २२ दलले संयुक्त राष्ट्रसंघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै राष्ट्रसंघ समक्ष लिखित प्रस्ताव पठाउने निर्णय गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बसेको २२ दलीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो। 'राष्ट्रसंघले हस्तक्षेप गरेको २२ दलको निष्कर्ष निकालेको छु'- नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, 'यो नेपालको आन्तरिक मामिला हो। के गर्नुपर्ने नपर्ने हाम्रो कुरा हो।' 

राष्ट्रसंघ महासचिव वानकी मुनले केही समयअघि प्रस्तुत गरेको प्रतिवेदनमा माओवादीले भन्दै आएको जस्तै 'नेपालमा राष्ट्रिय सरकार जरुरी रहेको' उल्लेख गरेका थिए। सदन अवरुद्ध गरेर बजेट पारित गर्न दिने माओवादीको चालविरुद्ध सभामुख समक्ष बहुमतको निर्णयलाई कदर गर्न आग्रह गरिने पौडेलले बताए।






बैठकमा २२ दलको सरकार सञ्चालन सचिवालय बनाउने निर्णय भएको छ।






राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले बजेट पारित नहुँदा जनताका अति आवश्यक सेवा प्रभावित भए त्यसले सरकारलाई संकटमा पार्ने बताए। अस्पताल, कर्मचारीको तलब जस्ता जनसेवासँग सरोकार राख्ने क्षेत्रलाई बजेट अभावले पार्ने असर बारे समयमै गम्भीर हुन उनले सुझाव दिए।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by