ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 4, 2009

हेटौडा कपडा सञ्चालन नगरिने

काठमाडौं-(दैनिकी)

सरकारले हेटौडामा बन्द रहेको कपडा उद्योग संचालन गर्न नसकिने निश्कर्षसहित त्यसलाई खारेज निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यसअघिको सरकारले उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि ८ करोड रुपियाँ निकासा गरेको थियो भने पछिल्लोपटक उद्योगमा करिब ६५ जना कर्मचारी पनि नियुक्त भएको थियो । यो उद्योग लामो समयदेखि बन्द रहेको छ । निरन्तर घाटामा गएका कारण यसअघिनै खारेजीमा लाने निर्णय गरिएको यो उद्योग गएको असार १५ गतेदेखि सन्चालनमा ल्याउने हल्ला चलाइएको थियो । मेसिनहरुको मर्मत गरेर आवश्यक कपासका लागि टेण्डर पनि भएको थियो । उद्योग खारेज निर्णयपछि हेटौँडाको आर्थिक कारोबारमा पनि गम्भीर असर पर्ने भएको छ ।
त्यसैगरि आज बसेको मन्त्रीपरिषदको बैठकले अछाम जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरी जवान सुन्तली धामी माथि भएको बलात्कारको घटना सम्बन्धि छानबिनका लागि पूर्व न्यायाधिश कृष्ण प्रसाद बस्यालको संयोजकबत्वमा ३ सदस्यीय छानबिन समिती गठन गरेको छ। बैठकमा निजामती कर्मचारीको शैक्षिक योग्यता प्रमाणिकरण विषयमा पनि छलफल भएको सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो। बैठकमा बजेट पारित गर्ने विषयमा दलहरुसंग छलफल गर्ने निर्णय भएको बताइएको छ।

त्यसैगरि बैठकले चितवन राष्ट्रिय निकुञ्ज भित्र सञ्चालित होटलका विषयमा विभिन्न समितीबाट फरक मत आएकाले दलहरु बिच छलफल गरि उपयुक्त निर्णय लिने निर्णय गरेको छ। आजको बैठकमा प्रधानमन्त्रि माधव कुमार नेपालले गएराती केपि शर्मा ओलीको निवासमा शिर्ष नेताहरु बिच भएको छलफलका बारेमा जानकारी गराउनु भएको थियो । राजनीतिक दलहरुसँग छलफल जारी राख्ने निर्णय गरेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by