ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 4, 2009

कङ्ग्रेस नेताको गोप्य बैठक जारी

सहभागीद्वारा बोल्ने क्रम निरन्तर
काठमाडौं, कात्तिक १८ (नागरिक)- महासमिति बैठकको अन्तिम दिन आज कङ्ग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेलगायत् गोप्य वार्तामा जुटेका छन्। बिहान पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको भेटपछि उनीहरु गोप्य स्थानमा गोप्य बैठक गरिरहेका छन्। कङ्ग्रेस केन्द्रीय समिति विधान संशोधनबारे टुङ्गोमा पुग्न नसकेको आरोप बैठकका सहभागीले लगाइरहेका बेला उनीहरु छुट्टै सहमतिको प्रस्ताव तयारीका लागि यसरी बसेका हुन। महासमिति बैठकबाट विधान संशोधनबारे आएका राय, सुझाव समेटेर छुट्टै सहमति प्रस्ताव तयार हुँदै गरेको जानकारी स्रोतले दिएको छ।

आइतबार राजधानीमा सुरु महासमिति बैठकमा राज्य पुनर्संरचना र नयाँ संविधानबारे धारणा पेश भएका थिए तर त्यसबारे कुनै छलफल भएको छैन। यस्तो महत्वपूर्ण विषयमा छलफल नभई विधान संशोधनमै बैठक अल्झिएको गुनासो बैठकका सहभागीले गर्दै आएका छन्।

उता प्रज्ञा प्रतिष्ठानमा भने सहभागीद्वारा धारणा राख्ने क्रम जारी छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by