ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 7, 2009

'राष्ट्र सङ्घको विरोध भारतीय चाहनामा'

रुद्र खड्का, नेपालगन्ज- 

माओवादीका पोलिटव्युरो सदस्य लीलामणि पोखरेलले केही दिनयता राष्ट्र सङ्घका महासचिवको भनाइलाई लिएर राजनीतिक दलहरूले गरेको विरोध भारतीय चाहनाअनुसार भएको दाबी गरेका छन्। दलहरुले राष्ट्र सङ्घले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको बताउँदै आएका छन्। 'भारतीय विस्तारवाद' नेपालमा शान्ति प्रक्रिया सफल भएको हेर्न चाहँदैन, शनिबार उनले नेपालगन्जमा भने- 'भारतीय चाहना संयुक्त राष्ट्र सङ्घलाई हटाएर नेपालमा एकलौटी गर्ने छ। अहिले संयुक्त राष्ट्र सङ्घका महासचिवको भनाइलाई भारतीय चाहनामा व्याख्या भइरहेको छ भन्दै उनले नेपालमा राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने माओवादीको माग जायज भएको राष्ट्र सङ्घको भनाइले पुष्टि गरेको पनि बताए। महासचिवको भनाई आन्तरिक हस्तक्षेप नभई यथार्थता भएको उनको भनाइ थियो। नेपालमा शान्ति प्रक्रिया विथोल्न भारतको गुप्तचर संस्था र विजेपीलगायतका दलहरू सक्रिय रहेको उनको आरोप छ। 'उनीहरू माओवादीलाई दबाएर सिध्याउन सकिन्छ भन्ने बुझाइमा छन् तर त्यो कदापि सम्भव हुने छैन'- उनले भने।

एकीकृत माओवादीका पश्चिम क्षेत्र इन्चार्जसमेत रहेका पोखरेलले नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदम फिर्ता नभएसम्म आन्दोलन जारी रहने जानकारी दिए। वर्तमान सरकार अल्पतमा परेको पनि उनले आरोप लगाए। 'संसदमा संकल्प प्रस्ताव छलफल गर्न नदिनु नै यो सरकार अल्पमतमा परेको बलियो प्रमाण हो'- उनले भने। 

मुलुकमा राष्ट्रिय सरकार बनेपछि मात्र संविधान बनाउने र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने उनको भनाई छ। राष्ट्रिय सरकारका लागि एमाले माधवकुमार नेपालले नेतृत्व गर्न नसक्ने माओवादी नेता पोखरेलले बताए। 'संसद सङ्ख्याको हिसाबले तीन गुना सानो दलको नेतृत्व माओवादीलाई स्वीकार्य हुँदैन- उनको भनाइ थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by